संसद् भवनको नक्साबारे भारतीय प्रधानमन्त्रीसँग कुरा उठाउन जनमोर्चाको माग
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संसद् भवनमा राखिएको भारतको नक्साबाट नेपालका भू–भागलाई अविलम्ब हटाउन माग गरेको छ । नेपाल र पाकिस्तानका भू–भागलाई सम्मिलित गरी भारतले संसद् भवनमा राखेको नक्साले नेपालको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर रूपमा होच्याउने कार्य गरेको जनमोर्चाले बताएको हो ।
नेपालसहितका अन्य छिमेकी मुलुकलाई समेटेर अखण्ड भारत कायम गर्ने रणनीतिअन्तर्गत भारतको नवउद्घाटित संसद् भवनमा नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगरसहितका भू–भाग सम्मिलित गरी राखिएको नक्सा सार्वजनिक गरिएको पार्टीले दाबी गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतको उक्त कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भर्त्सना गर्दछ । नेपालका प्रधानमन्त्रीले भारत भ्रमणको अवसरमा त्यस विषयमा भारतीय समकक्षीसँग गम्भीरतापूर्वक कुरा उठाउनुपर्ने कुरामा हामीले जोड दिन्छौँ ।’
भारतीय साम्राज्यवादले सुरुदेखि नै नेपाललाई भारतमा गाभ्नका लागि विभिन्न षड्यन्त्र गरिरहेको आरोप लगाउँदै पार्टीले उक्त रणनीतिका विरुद्ध संघर्षमा उत्रिन अपिल समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण