करिना कपुरको यस्तो माग पछि रिसाएका थिए करण जोहरः फिल्मबाट निकाले, ९ महिनासम्म पानी बाराबार
करण जोहर र करिना कपुर खान बलिउडका मिल्ने साथीको रूपमा परिचित छन् । करिनाका केटी साथीहरूसँग पनि करण नजिक छन् । उनीहरू प्रायः पार्टीमा सँगै देखिन्छन् । करण र करिनाको सम्बन्ध निकै राम्रो छ । करणले करिनाका धेरै फिल्महरू निर्देशन र निर्माण पनि गरेका छन् । तर यस्तो समय पनि थियो जब दुई जना बीच पानी बाराबारको स्थिति थियो । यसको कारण पनि निकै रोचक छ ।
करण जोहर र करिना कपुर खानबीच यस्तो स्थितिको आउनुको कारण पैसा थियो । करणले आफ्नो अटोबायोग्राफी ‘एन अनसुटेबल बोय’ मा यसबारे बताइएको छ । कुरा सन् २००३ मा रिलिज भएको फिल्म ‘कल हो ना हो’ को कास्टिङ बेलाको हो । सन् २००२ मा करिना कपुर, ऋतिक रोशन र राजी मुखर्जी स्टारर ‘मुझसे दोस्ती करोगे’ रिलिज भएको थियो । फिल्म बक्स अफिसमा फ्लप भयो । यसका लागि करिना दुःखी थिइन् ।
फिल्मको पहिलो विकेन्डमा करण जोहरले करिना कपुरलाई फोन गरे । करणले करिनालाई फिल्म ‘कल हो ना हो’ मा मुख्य नायिकाको रूपमा काम गर्न प्रस्ताव दिए । तर करिनाले करणलाई शाहरुखको जति पारिश्रमिक भए मात्रै आफू काम गर्ने बताइन् । यो सुनेर करण चकित गरेका थिए । उनले करिनाको प्रस्ताव अस्वीकार गरिदिए ।
बुवाले भनेपछि करण जोहरले गरे करिना कपुरलाई पुनः फोन
करिना कपुरको मागका कारण करण जोहर दुःखी भएका थिए किनभने उनका बुवा यश जोहर र उनले फिल्म निर्माण गरिरहेका थिए । उनका बुवा करिनाले यो फिल्ममा काम गरोस् भन्ने चाहन्थे । बुवाले भनेपछि उनले करिनालाई पुनः फोन गरे तर करिनाले उनको फोन उठाइनन् । करिनाको यस्तो व्यवहार देखेपछि उनले तुरुन्त प्रिटी जिन्टालाई उक्त भूमिका प्रस्ताव गरे । प्रिटी फिल्ममा काम गर्न तयार भइन् ।
करण जोहरले एक वर्षसम्म करिनासँग कुरा गरेनन्
त्यसपछि करण जोहरले लगभग एक वर्षभन्दा करिना कपुरसँग कुरा गरेनन् । लगभग ९ महिनासम्म यी दुईबीच पानी बाराबारको स्थिति थियो । तर यश जोहरको स्वास्थ्य खराब भएपछि करिनाले करणलाई उनको स्थितिबारे जान्नका लागि फोन गर्न थालिन् । यतिबेला नै उनीहरूको सबै मतभेद सुल्झियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण