बागमती प्रदेशसभा : नेपालको भूभाग समेटिएको भारतीय नक्साविरुद्ध संकल्प प्रस्ताव स्वीकृत
मकवानपुर । बागमती प्रदेशसभाले एक संकल्प प्रस्ताव स्वीकृत गरेको छ । निर्धारित समयभन्दा २ घण्टा ढिला गरी सुरु भएको बैठकले नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले पेश गरेको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
प्रमुख सचेतक पौडेलले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ बमोजिम संकल्प प्रस्ताव पेश गरेका थिए । उनले पेश गरेको संकल्प प्रस्तावलाई प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेश गरेका थिए ।
संंकल्प प्रस्ताव पेश गर्नका लागि प्रदेशसभा नियमावलीको नियम निलम्बन गरिएको थियो । सत्तारुढ दल नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभा नियमावली २०७४ को नियम २११ को उपनियम (१) बमोजिम नियम निलम्बन गरेका थिए ।
नियम निलम्बन पश्चात् प्रमुख सचेतक पौडेलले भारतले संसद् भवनमा राखेको भारतको नक्सामा नेपालको भूमि समेत समावेश गरेको विरोधमा संकल्प प्रस्ताव पेश गरेका थिए । भारतले नेपालको लुम्बिनी कपिलवस्तु लगायतका नेपालका भूभाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकोमा प्रदेशसभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिक रुपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै पौडेलले संकल्प प्रस्ताव पेश गरेका थिए । नेपाल कहिल्यै पनि कसैको अधीनमा नरहेको अवगत गराउँदै उक्त नक्सा सच्याउन सरकारले भूमिका खेल्नुपर्ने बताए ।
पौडेलले पेश गरेको उक्त प्रस्तावमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन गरेका थिए । उक्त संकल्प प्रस्तावलाई दलगत रुपमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक ढकाल, नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपा एकीकृत समाजवादी पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए ।
संकल्प प्रस्ताव स्वीकृत गरेसँगै प्रदेशसभाको बैठक स्थगित गरिएको छ । प्रदेशसभाको अर्को बैठक आजै ३० मिनेट पछि बस्नेछ । उक्त बैठकमा प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ । बागमती प्रदेशमा गत जेठ १४ गते प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण