सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

राष्ट्रपतिद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त

बुधबार, १७ जेठ २०८०, १६ : १६
बुधबार, १७ जेठ २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलजराज काफ्लेलाई अर्जेन्टिना र रुसका आवासीय राजदूत मिलनराज तुलाधरलाई बेलारुसका लागि गैरआवासीय राजदूतमा नियुक्त भएका छन् । 

त्यस्तै राष्ट्रपति पौडेलले डेनमार्कका आवासीय राजदूत डा.रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् । 

sital-niwas
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप