समाचार
राष्ट्रपतिद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त
बुधबार, १७ जेठ २०८०, १६ : १६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलजराज काफ्लेलाई अर्जेन्टिना र रुसका आवासीय राजदूत मिलनराज तुलाधरलाई बेलारुसका लागि गैरआवासीय राजदूतमा नियुक्त भएका छन् ।
त्यस्तै राष्ट्रपति पौडेलले डेनमार्कका आवासीय राजदूत डा.रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण