मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री प्रचण्डलाई डोभाल र क्वात्राले भेटे

बुधबार, १७ जेठ २०८०, १८ : ४८
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले भेटघाट गरेका छन् ।

चार दिने भ्रमणका लागि बुधबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई डोभाल र क्वात्राले उनी बसिरहेको होटलमा गएर भेटवार्ता गरेका हुन् । आजको भेटमा दुई देशको सम्बन्ध लगायत विविध विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड सरदर पटेल मार्गस्थित मौर्य होटलमा बसेका छन् । प्रधानमन्त्रीको औपचारिक कार्यक्रम भने भोलिदेखि मात्र सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप