प्रधानमन्त्रीको भारत भ्रमण
प्रधानमन्त्री प्रचण्डलाई डोभाल र क्वात्राले भेटे
बुधबार, १७ जेठ २०८०, १८ : ४८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले भेटघाट गरेका छन् ।
चार दिने भ्रमणका लागि बुधबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई डोभाल र क्वात्राले उनी बसिरहेको होटलमा गएर भेटवार्ता गरेका हुन् । आजको भेटमा दुई देशको सम्बन्ध लगायत विविध विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड सरदर पटेल मार्गस्थित मौर्य होटलमा बसेका छन् । प्रधानमन्त्रीको औपचारिक कार्यक्रम भने भोलिदेखि मात्र सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण