सरकारसँग कलाकार संघको माग : बजेटमा चलचित्र उद्योगको न्यायोचित सम्बोधन
काठमाडौँ । चलचित्र कलाकार संघले नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा नेपाली चलचित्रलाई उपेक्षा गरेको बताएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग अविलम्ब नेपाली चलचित्र उद्योगको पक्षमा न्यायोचित सम्बोधन गर्न माग समेत गरेको छ ।
सरकारको नीति कमजोर हुँदा विदेशी चलचित्रको प्रदर्शनले प्राथमिकता पाएर नेपाली चलचित्र क्षेत्र सोझै मारमा परिरहेको पीडा दशकौँदेखि भोग्दै आएको समेत संघले भनेको छ ।
‘नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा नेपाली चलचित्र उद्योगलाई उपेक्षा गरी विदेशी चलचित्रलाई पक्ष पोषण गरेकोमा नेपाल चलचित्र कलाकार संघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बजेटमा नेपाली चलचित्रको प्रवर्धन र विस्तारलाई उपेक्षा गरिँदा हामी अत्यन्तै दुःखी छौँ । यस विषयमा हाम्रो जोडदार भत्र्सना सहित गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले अविलम्ब नेपाली चलचित्र उद्योगको पक्षमा न्यायोचित सम्बोधन गर्न हामी जोडदार माग गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण