शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारसँग कलाकार संघको माग : बजेटमा चलचित्र उद्योगको न्यायोचित सम्बोधन

बुधबार, १७ जेठ २०८०, १९ : ०६
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । चलचित्र कलाकार संघले नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा नेपाली चलचित्रलाई उपेक्षा गरेको बताएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग अविलम्ब नेपाली चलचित्र उद्योगको पक्षमा न्यायोचित सम्बोधन गर्न माग समेत गरेको छ ।

सरकारको नीति कमजोर हुँदा विदेशी चलचित्रको प्रदर्शनले प्राथमिकता पाएर नेपाली चलचित्र क्षेत्र सोझै मारमा परिरहेको पीडा दशकौँदेखि भोग्दै आएको समेत संघले भनेको छ ।

‘नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा नेपाली चलचित्र उद्योगलाई उपेक्षा गरी विदेशी चलचित्रलाई पक्ष पोषण गरेकोमा नेपाल चलचित्र कलाकार संघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बजेटमा नेपाली चलचित्रको प्रवर्धन र विस्तारलाई उपेक्षा गरिँदा हामी अत्यन्तै दुःखी छौँ । यस विषयमा हाम्रो जोडदार भत्र्सना सहित गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले अविलम्ब नेपाली चलचित्र उद्योगको पक्षमा न्यायोचित सम्बोधन गर्न हामी जोडदार माग गर्दछौँ ।’

FAAN

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप