श्रीलङ्काको मुद्रास्फीति दर २५.२ प्रतिशतमा सीमित
कोलम्बो । श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर अप्रिलमा ३५.३ प्रतिशतबाट घटेर मे महिनामा २५.२ प्रतिशतमा झरेको सरकारले जनाएको छ ।
कोलम्बो उपभोक्ता मूल्य सूचकाङ्क (सीसीपीआई) ले श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर अप्रिलमा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले घटेर मे महिनामा २५.२ प्रतिशत कायम भएको सङ्केत गरेको राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले बुधबार जनाएको छ ।
मुद्रास्फीतिमा आएको यो कमीले विदेशी विनिमय सङ्कटबाट नराम्ररी प्रभावित सङ्कटग्रस्त अर्थतन्त्रलाई केही राहत प्रदान गर्ने देखिएको छ । श्रीलङ्काले सात दशकमा सामना गरेको सबैभन्दा खराब वित्तीय सङ्कटका कारण देशमा आर्थिक तथा राजनीतिक देखिएको थियो ।
खाद्य मुद्रास्फीति अप्रिलमा ३०.६ प्रतिशत रहेकोमा मे मा २१.५ प्रतिशत कायम भएको छ । श्रीलङ्काको केन्द्रीय बैंकले मुद्रास्फीतिको अनुमानित घट्दो प्रवृत्ति सन् २०२३ सम्म जारी रहने अप्रिलमा प्रक्षेपण गरिएको थियो । सन् २०२३ को अन्त्यसम्ममा विद्यमान उच्च मुद्रास्फीतिलाई एकल अङ्कको स्तरमा ल्याउनेछ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण