हलेसी तुवाचुङलाई साँस्कृतिक संग्रहालय बनाउने घोषणाले स्थानीयमा खुसियाली
खोटाङ । सरकारले खोटाङको हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजनाअघि सारेपछि स्थानीयले खुसी ब्यक्त गरेका छन् । संघीय संसदको संयुक्त बैठकमा सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट वक्तव्यमा हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने घोषणा गरेपछि स्थानीयवासी खुसी भएका हुन् ।
किरात राई समुदायको उद्गमथलो मानिने तुवाचुङलाई खुल्ला साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजनासहित बजेटमा समावेश भएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले ‘हलेसीको समृद्धि हाम्रै पालामा’ हुने प्रतिक्रिया दिएकी छन्
‘हलेसी तुवाचुङ नगरपालिकाको नागरिक र जनप्रतिनिधि हुनुका नाताले गर्वले छाती चौडा भएको छ,’ मेयर राईले भनेकी छिन्, ‘हलेसीको संमृद्धि अब हाम्रै पालामा ।’ सरकारले हलेसी तुवाचुङलाई किरात साँस्कृतिक सर्किटमा समेट्ने बजेट वक्तव्यमा उल्लेख गरेको छ । सरकारले नयाँ बजेटमा लारुम्बा, मुन्धुम ट्रेल, हलेसी तुवाचुङ, खुवालुङ लगायतका स्थानलाई समेटेर साँस्कृतिक सर्किटको निर्माण गर्ने योजनाअघि सारेको हो ।
आफ्नो पुर्खा दिदी तायमा, बहिनी खियामा र भाइ रैछाकुलेले बसोबास गरेको, तान बुनेर कपडा लगाउने परम्परा बसाएको, खेतीपाती सुरु गरेको लगायतका किंवदन्तीका आधारमा राई समुदायले तुवाचुङ–जायजुमलाई श्रद्धाको थलोका रुपमा लिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण