एलन मस्क फेरि भए विश्वको धनी व्यक्ति
न्युयोर्क । एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।
पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढ्दा उही समयमा बर्नार्ड अर्नाल्ट पेरिस ट्रेडिङको शेयर २.७ प्रतिशतले घट्न पुगेको थियो । जुन घटाईले मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सुचीमा फर्काएको हो ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स यस वर्ष शीर्ष स्थानको लागि दुवै बीचमा प्रतिस्पर्धा चल्दै आएको जनाएको छ । जसअनुसार कहिले एलोन मस्क र कहिले बर्नार्ड अर्नाल्ट शीर्ष स्थानमा रहँदै थिए। तर, यो वर्ष लामो समयसम्म बर्नार्ड अर्नाल्ट नै विश्व कै धनी व्यक्ति बन्दा मस्क भने दोस्रो स्थानमा झरिरहेका थिए ।
अर्नाल्ट ७४ वर्ष पुरानो फ्रान्सेली बिलासिताका समानका व्यापारी हुन, जो सन् २०२२ को डिसेम्बरमा मस्कलाई पछि पार्दै पहिलो पटक विश्वकै धनी व्यक्ति बनेका थिए । अर्नाल्टले एलभीएएच नामक कम्पनि छ, जसका विश्व प्रसिद्ध लुइस भिटन, फेन्डी र हेनेसी लगायतका महँगो फेसनका ब्रान्डहरू उत्पादन हुन्छन् ।
ब्लूमबर्ग समाचार एजेन्सीका अनुसार चीनको महत्त्वपूर्ण बजारमा सुस्त आर्थिक वृद्धिका बीच विलासिता समानको खपत घटन पुगेको छ। जसका कारण उनको अप्रिलदेखि करिब १० प्रतिशतले सेयर घटन पुगेको थियो ।
अर्नाल्टको कुल सम्पत्तिबाट एकै दिनमा ११ अर्ब डलरको नोक्सान भएको थियो। अहिले बुधबारसम्म उनको कुल सम्पत्तिमा ५ अर्ब २५ करोड डलरको नोक्सानी भएको छ । अहिले बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर छ तर पनि यो वर्ष मात्रै उनको सम्पत्ति २४.५ अर्ब डलरले बढ्न पुगेको छ ।
पुनः विश्वकै धनी व्यक्ति बनेका एलोन मस्कको सम्पत्ति भने १९२ अर्ब डलर पुगेको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बुधवार एलोन मस्कको कुल सम्पत्ति १.९८ बिलियन डलरले बढेको हो । साथै, यो वर्ष उनको कुल सम्पत्तिमा पनि ५५.३ अर्ब डलरले वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण