गान्धीको समाधिस्थल पुगेर के लेखे प्रधानमन्त्रीले ?
नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् । बिहीबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
सो अवसरमा उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरेका थिए । प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरे ।
आगन्तुक पुस्तिकामा उनले गान्धीप्रति श्रद्धाञ्जली प्रकट गरेका छ्न् । प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘भारतको स्वतन्त्रता आन्दोलनमा महात्मा गान्धी उत्कृष्ट नेता थिए । हामी महात्मा गान्धीलाई अंहिसा, सत्याग्रह र भेदभावविरुद्धको लडाईंको प्रतीकको रुपमा स्मरण गर्दछौँ । आजसम्म पनि उहाँको विचार र विश्वासलाई प्रसारित गरिएको छ । म बापुजीप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण