‘वेलकम टु हेम्जाकोट’ले मेरो करियरमा योगदान दिन्छ – बुद्धि तामाङ
काठमाडौँ । कलाकार बुद्धि तामाङले फिल्म ‘वेलकम टु हेम्जाकोट’ले आफ्नो अभिनय करियरमा पनि योगदान दिने बताएका छन् । फिल्ममा आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको उनको भनाइ छ ।
‘फिल्म गाउँको ४ युवाको कथामा निर्माण भएको छ । ति ४ मध्य एउटा युवा म हो’, तामाङले भने ‘अगाडि बरालिने केटा विवाहपछि सुध्रिने भूमिका मेरो छ ।’ आफ्नो भूमिका विवाहित धेरै युवासँग मिल्ने उनले सुनाए ।
बुद्धिले अहिलेसम्म छक्का पञ्जादेखि कबड्डीसम्म धेरै फिल्म अभिनय गरिसकेका छन् । तर प्राय फिल्ममा उनको भूमिका सहायक हुने गर्छ । जस्ता ब्लकबस्टर चलचित्रमा अभिनय धेरै फिल्म अभिनय गरिसकेका छन् । ‘वेलकम टु हेम्जाकोट’ मा पनि आफु सहायक भूमिकामा रहेको उनले बताए । भने ‘सहायक भए पनि म फिल्ममा दमदार रूपमा प्रस्तुत भएको छु ।’
फिल्म सरोज पौडेलले निर्देशन गरेका हुन् । लेखन समेत पौडेलको रहेको फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा लगायतका कलाकारको अभिनय देख्न छ ।
तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस फिल्ममा मिलन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन, दिर्घ गुरुङको छायाङ्कन, कविराज गहतराज, गम्भीर विष्टको संयुक्त करियोग्राफी छ ।
सुनिल मानन्धरले वितरण गर्न लागेको फिल्म २६ जेठबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण