भारतीय प्रधानमन्त्री मोदीले भने, ‘भारत–नेपाल पार्टनरसीप सुपरहिट बनाउँछौँ’

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच पछिल्ला नौ वर्षमा धेरै प्रगती भएको बताउँदै रेलवे सुरुवात, पेट्रोलियम पाइपलाइन लगायत थुप्रै काम गरेको बताएका छन् । भविष्यमा आफ्नो पार्टनरसीपलाई सुपरहिट बनाउन महत्त्वपूर्ण निर्णय भएको बताउँदै नयाँ रेल सम्झौता गरी भारतीय रेल संस्थामा नेपाली कर्मचारीलाई प्रशिक्षण दिने सम्झौता भएको जानकारी दिए ।
क्रस बोर्डर पेमेन्ट समझदारीले विद्यार्थी तथा पर्यटकलाई निकै सहयोग पुग्ने विश्वास उनले वक्त गरे । त्यस्तै आउने १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखिएको बताउँदै उनले फुकोट कर्णाली हाइड्रपावरलगायतका आयोजनामा भारतले मिलेर काम गर्ने जानकारी गराए । अमलेखगन्जको पाइपलाइनलाई विस्तार गरी चितवनीसम्म पुर्याउने बताएका उनले झापा सिलिगुडीमा नयाँ पाइपलाइन बनाउने पनि जानकारी गराए ।
उनले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्रता दिने आफू दुईजना छलफल भएको बताए । नेपाल र भारतको सम्बन्ध हिमाल जस्तै उच्च रहेको बताउँदै उनले सीमालगायत अन्य समस्या समाधान गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला
-
‘आजको दिनमा नेपालले डिजिटल पब्लिक इन्फाट्रक्चरमा काम गर्नुपर्छ’
-
पाँचथरबाट ‘जारी २’को छायाङ्कन सुरु
-
सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण (तस्बिरहरू)
-
गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन
-
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’