हलिउड अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा बुवा बन्दै
हलिउडका दिग्गज अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा बुवा बन लागेका छन् । उनीभन्दा ५४ वर्ष कान्छी उनकी २९ वर्षीय प्रेमिका नूर अल्फल्लाह ८ महिनाको गर्भवती छिन् । गडफादर नामको ऐतिहासिक फिल्ममा काम गर्ने अभिनेता अल पचिनो पहिले नै तीन सन्तानका पिता हुन् । गडफादरमा उनका सह–कर्मी रहेका रोबर्ट डी निरो पनि ७९ वर्षको उमेरमा पिता बनेका थिए ।
रिपोर्टका अनुसार अल पचिनो आफ्नी प्रेमिका नुर अल्फल्लाहसँग अप्रिल २०२२ देखि डेट गरिरहेका छन् । त्यतिबेला उनीहरूलाई पहिलो पटक सँगै डिनर गरिरहेको देखिएको थियो ।
अल पचिनोकी छोरीभन्दा कान्छी प्रेमिका
अल पचिनोकी जेठी छोरीको नाम जुली मेरी हो । उनी ३३ वर्षकी भइन् । यसबाहेक उनका दुई जुम्ल्याहा छोरा एन्टोन र ओलिभिया पनि छन् । उनीहरु २२ वर्षका छन् । अल पचिनोकी प्रेमिका नुर अल्फल्लाहले उनीभन्दा अघि व्यापारी निकोलस बर्गग्रेन र गायक माइक ज्यागरलाई डेट गरेकी थिइन् ।
उनले हालसम्म जति पनि मानिससँग डेट गरिन्, सबैको उमेर ६० वर्षभन्दा बढी छ । उनी २२ वर्षको हुँदा ७४ वर्षका माइक ज्यागरलाई डेट गरेकी थिइन् । यस्तै , निकोलस बर्गग्रेनको पनि उमेर ६० वर्ष थियो ।
द गडफादर सिरिजमार्फत् विश्वभरी चर्चित छन् अल पचिनो
अल पचिनो हुन त फिल्म द गडफादर सिरिजमार्फत् विश्वभरी चर्चित छन् तर उनले यसबाहेक पनि अन्य थुप्रै फिल्ममा काम गरेका छन् । सेन्ट अफ अ वुमन, स्कारफेस, सर्पिको र द डेविल्स एडभोकेट उनका केही चर्चित फिल्म हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण