मोदी र भारतीय जनताप्रति ‘प्रचण्ड’ले गरे आभार व्यक्त
शुक्रबार, १९ जेठ २०८०, १७ : १३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका रुपमा आफ्नो चौथो भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण अनुभूत भइरहेको बताएका छन् । भारत भ्रमणको तेस्रो दिन सामाजिक सञ्जाल ट्वीटरमा मोदीसँगको भेटवार्तासहितको तस्बिर राख्दै प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा पाएको न्यानो आतिथ्य र महत्वपूर्ण समझदारीका लागि प्रधानमन्त्री मोदी र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् ।
‘प्रधानमन्त्रीका रुपमा मेरो चौथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण अनुभूत भइरहेको छ । न्यानो आतिथ्य र महत्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार प्रकट गर्दछु’, प्रचण्डले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण