नक्कली भुटानी शरणार्थी प्रकरण
इजलासमा केशव दुलालको ततिम्बा बयान
शुक्रबार, १९ जेठ २०८०, २१ : ४९

काठमाडौं । शरणार्थी प्रकरणका आरोपित केशवप्रसाद दुलाललाई ततिम्बा बयान गराइएको छ । वैशाख १२ मा उनले जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिएका थिए ।
थप कुरा खुलाउनुपर्ने भएपछि शुक्रवार उनलाई ततिम्बा बयान गराइएको छ । काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मोरङ घर भएका दुलालले ततिम्बा बयान दिएका हुन् ।
दुलालको ततिम्बा बयानसँगै शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाको बयान पुरा भएको छ । आइतबार सो मुद्दामा थुनछेक बहस शुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद