वरिष्ठ लोकगायक प्रेमराज महतको ‘घर हम्रा हुम्ला जुम्लामा’ गीत सार्वजनिक
वरिष्ठ लोकगायक प्रेमराज महतको ‘घर हम्रा हुम्ला जुम्लामा’ गीत सार्वजनिक भएको छ। अमेरिकाको मेरिल्याण्ड र पेन्सेलभेनियाका महावाणिज्यदूत समेत रहेका महतले ‘घर हम्रा हुम्ला जुम्लामा नामक भिडियो गीत सार्वजनिक गरेका हुन् ।
शुक्रबार आफ्नै युट्युबमार्फत् आफ्नै शब्द र सङ्गीतमा तयार भएको गीत सार्वजनिक गरेका हुन् । उक्त नयाँ गीतमा शान्तिश्री परियारको पनि स्वर रहेको छ। यो गीतको लागि जुम्लाका विकट पहाडी क्षेत्रमा छायाङ्कन गरिएको छ।
म्युजिक भिडियोमा गायक महतसँग रीना थापा मगरले अभिनय गरेकी छिन्। प्रेमराजा महतको परिकल्पना र रामजी लामिछानेको कोरियोग्राफी एवम् निर्देशनमा तयार भएको भिडियोको छायाङ्कन मानकृष्ण महर्जनले गरेका हुन्
मिराज अर्याल र रिमा फिल्म्सले सम्पादन गरेको भिडियोको रङ्ग संयोजन राजेन्द्र मोक्तानले गरेका छन् ।
गीतका निर्माताहरूमा अशिस भण्डारी, सदीक्षा महत भण्डारी, गिर्वाणविक्रम भण्डारी र गौरिका भण्डारी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण