कविता
शंका
शनिबार, २० जेठ २०८०, ०६ : ४८
तिम्रो दिल भिजाउँदा भिजाउँदै
बगेको छु भन्ठानेँ
साउनको झरीले
खरबारी पाखा भिजाएजस्तै
सतह सतहमा मात्रै
बगेछु क्यारे
हतार हतार त्यतिकै ।
उम्रेनन् हरिया पिपिराहरू
हाम्रो प्रेम बनेर
कहिल्यै पनि ।
आजभोलि घोत्लिने गर्छु
कतै भिज्नु पर्छ भनेर
जानी जानी नभिज्ने गरी
तिमीले नै पो केही
त्यस्तो गरेकी थियौ कि ?
खोटाङ, हाल: दक्षिण कोरिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण