भारतले दियो मुर्रा जातका भैंसी र राँगो
काठमाडौँ । भारतले नेपाललाई १५ वटा मुर्रा जातको भैंसी उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहेका बेला त्यहाँको सरकारसँग भएको सम्झौताअनुसार ती भैसी र राँगा उपलब्ध गराइएको हो । यसअघि तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव दिल्ली गएर त्यहाँको कृषि मन्त्रालयसमक्ष भैंसी र रागो उपलव्ध गराउन प्रस्ताव गरेका थिए ।
सोही प्रस्तावअनुसार प्रधानमन्त्री प्रचण्डको भ्रमणमा सहमति भएको बताइएको छ । पश्ु सेवा विभागका महानिर्देशक डा.सम्झना काफ्लेका अनुसार भारत सरकारले मुर्रा जातको राँगो र भैंसी दिने सहमति भइसकेको छ । सहमति लगत्तै त्यहाँबाट भैसी र राँगो ल्याउने तयारी भइरहेको उनले बताइन् । नेपालमा रहेको मुर्रा जातको भैसी पुरानो भइसकेको र नयाँ जातका लागि भारतसँग पहिलादेखि नै छलफल चलिरहेको उनले बताइन् । त्यसका लागि अहिले आएर सहमति भएको काफ्लेको भनाई छ ।
नेपालस्थित भारतीय दूतावासका अनुसार कृषि तथा पशुपन्छीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी उपलब्ध गराउन लागिएको हो । त्यस्तै, नेपाल–र भातरबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले दुवै पक्षबीच नानो युरिया र प्राकृतिक खेतीजस्ता द्विपक्षीय सहकार्यको नयाँ आयामबारे पनि छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
त्यसैगरी भारत सरकारले अनुदान सहयोगमा नेपाललाई दक्षिण एसिया स्याटलाइटको सेवा प्रदान गर्न ग्राउण्ड स्टेसनको निर्माणका साथै ३०० वटा टर्मिनल उपलब्ध गराउने भएको छ । यो प्रयासले अन्तरिक्ष क्षेत्र, दूरसञ्चार तथा प्रसारण, टेलिमेडिसिन, दूरशिक्षा, इ–गोभर्नेन्स, बैंकिङ तथा एटिएम सेवा, मेटोरोलोजिकल डाटा प्रसारण, डिजास्टर रेसपोन्सलगायतको क्षेत्रीय सहकार्यलाई प्रवद्र्धन गरिने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण