साढे एक करोड इनाम तोकिएका भारतीय माओवादी नेताको मृत्यु
भारतीय माओवादी नेता कट्टम सुदर्शनको मृत्यु भएको छ । माओवादीको केन्द्रीय कमिटीका प्रवक्ता अभयले एक प्रेस नोट जारी गर्दै आफ्नो सङ्गठनको केन्द्रीय कमिटी र पोलिट ब्युरो सदस्य सुदर्शनको हृदयाघात भएका कारण मृत्यु भएको जानकारी दिए ।
कट्टम सुदर्शनमाथि १.५५ करोड भारु इनाम तोकिएको थियो । सिपिआई माओवादीको दोस्रो तहको हैसियत राख्ने कट्टम सुदर्शन माओवादी सङ्गठनमा आनन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन टेकाम, सुदर्शन, रमेश, महेश र एएनको नामबाट पनि चिनिन्थ्यो ।
तेलंगानाको आदिलाबादमा बस्ने लगभग ६६ वर्षका कट्टम सुदर्शनमाथि देशको विभिन्न देशमा भएको माओवादी हमलामा समावेश भएको आरोप छ ।
प्रहरीका अनुसार सन् १९७४ मा माओवादी आन्दोलनमा सक्रिय कट्टम सुदर्शनमाथि छत्तीसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा समावेश भएको आरोप पनि छ ।
भारतको नेशनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) ले यसका लागि सुदर्शनमाथि १० लाख भारुको इनाम घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण