सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

साढे एक करोड इनाम तोकिएका भारतीय माओवादी नेताको मृत्यु

आइतबार, २१ जेठ २०८०, १० : ४९
आइतबार, २१ जेठ २०८०

भारतीय माओवादी नेता कट्टम सुदर्शनको मृत्यु भएको छ । माओवादीको केन्द्रीय कमिटीका प्रवक्ता अभयले एक प्रेस नोट जारी गर्दै आफ्नो सङ्गठनको केन्द्रीय कमिटी र पोलिट ब्युरो सदस्य सुदर्शनको हृदयाघात भएका कारण मृत्यु भएको जानकारी दिए । 

कट्टम सुदर्शनमाथि १.५५ करोड भारु इनाम तोकिएको थियो । सिपिआई माओवादीको दोस्रो तहको हैसियत राख्ने कट्टम सुदर्शन माओवादी सङ्गठनमा आनन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन टेकाम, सुदर्शन, रमेश, महेश र एएनको नामबाट पनि चिनिन्थ्यो ।

तेलंगानाको आदिलाबादमा बस्ने लगभग ६६ वर्षका कट्टम सुदर्शनमाथि देशको विभिन्न देशमा भएको माओवादी हमलामा समावेश भएको आरोप छ ।

प्रहरीका अनुसार सन् १९७४ मा माओवादी आन्दोलनमा सक्रिय कट्टम सुदर्शनमाथि छत्तीसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा समावेश भएको आरोप पनि छ ।

भारतको नेशनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) ले यसका लागि सुदर्शनमाथि १० लाख भारुको इनाम घोषणा गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप