यस्तो छ गण्डकी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
पोखरा । गण्डकी सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने सरकारले उद्घोष गरेको छ । खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउने साथै यसबाट लाग्ने विद्युत महशुलमा अनुदान दिने प्रदेश प्रमुखले बताए । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा विस्तार गरी सेवामा पहुँच र स्वामित्व बढाउने जनाएको हो ।
मिर्गौला डायलाइसिसको प्रतीक्षमा रहेका विरामीलाई निशुल्क डायलाइसिस सेवा विस्तार गर्ने नीति तथा कार्यक्रममा प्रदेश सरकारले घोषणा गरेको हो । यस्तै प्रदेश सरकारले सार्वजनिक खर्चलाई मितव्यपी बनाउन, चालू खर्च कटौती गर्ने र पूँजीगत खर्च बढाउने विषयलाई प्रथामिकता दिने जनाएको छ । कृषि र पशु बिमा कार्याक्रम सञ्चालन मार्फत नागरिकलाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने सरकारले नीति तथा कार्यक्रम ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण