भारतमा पेट्रोलियम मन्त्री चढेको इन्डिगो विमानको इन्जिन खराब भएपछि आकस्मिक अवतरण
आइतबार, २१ जेठ २०८०, १६ : ३६
भारतको पेट्रोलियम राज्यमन्त्रीलाई लैजाँदै गरेको इन्डिगो विमानको इन्जिन खराब भएको छ । आइतबार डिब्रुगढ जाँदै गरेको इन्डिगो विमानका इन्जिनमा खराबी आएपछि यसलाई अचानक गुवाहाटीको गोपीनाथ बोरदोलोई इन्टरनेशनल विमानस्थलतर्फ मोडियो । त्यहाँ केही बेरपछि यसको आकस्मिक अवतरण गराउनुपर्यो ।
विमानमा पेट्रोलियम राज्यमन्त्री रामेश्वर तेली र भाजपाका दुई विधायक प्रशान्त फुकन र तेराश गोवालासमेत १५० यात्री सवार थिए ।
समाचार एजेन्सी एएनआईका अनुसार विमान गुवाहाटी विमानस्थलतर्फ मोडिनु अघि हावामा १५ देखि २० मिनेटसम्म घुमेको थियो ।
पेट्रोलियम राज्य मन्त्री तथा भाजपाका दुवै विधायकले विमानमा सबै यात्री सुरक्षित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण