अब विद्युत् निर्यातको समस्या समाधान हुन्छ: अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले विद्युत् निर्यातको समस्या समाधान हुने बताएका छन् ।
आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब विद्युत् निर्यातको समस्या समाधान हुने बताएका हुन् ।
उनले विद्युत् निर्यातको समस्या नहुनुलाई नेपालले ठुलो उपलब्धिको रूपमा लिनुपर्ने बताए । उनले विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए । उनले विद्युत् निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने बताए ।
उनले भने, ‘भ्रमण अत्यन्त सौर्हादपूर्ण भयो । अब दीर्घकालमा विद्युत् निर्यातको जुन समस्या थियो त्यो समस्यालाई समाधान गर्ने काम अगाडी बढेको छ । हामीले विद्युत् उत्पादन गर्न सक्नुपर्यो । अब बजारको समस्या हुन्न भन्ने कुरा यो ठुलो उपलब्धिको कुरा हो जस्तो लाग्छ । यद्यपी यो विषयमा पहिलादेखि नै काम भइराखेको थियो । अहिले आएर यसले मूर्त रूप लिएको छ । एकातिर हाम्रो विद्युत् उत्पादन बढ्दै गएमा आन्तरिक खपत पनि हामीले बढाउँदै लाने हो । यहाँको यातायातलाई विद्युतीय माध्यमबाट चलाउनेदेखि लिएर खाना पकाउने कुराहरूलाई विद्युतीय माध्यमबाट चलाउने ग¥यो भने हाम्रो पेट्रोलियम आयात घट्छ । त्यसै गरी विद्युत् निर्यात हामीले ज्यादाभन्दा ज्यादा गर्न सक्यौँ भने त्यसबाट पनि व्यापार घाटा घट्ने भयो । एकातिर आयात प्रतिस्थापन गरेर अर्को निर्यात बढाएर । यो चाहिँ ठुलो उपलब्धि हुन्छ । त्यस अर्थमा यो भ्रमण उपलब्धिमूलक रह्यो । दुई वटा ठुला महत्त्वपूर्ण आयोजनामा लगानी आउँदै छ त्यो पनि राम्रो कुरा हो ।’
मन्त्री महतले भारत भ्रमण अत्यन्त सौर्हादपूर्ण र उपलब्धिमूलक रहेको भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण