अफगानिस्तानमा ८० बालिकालाई विष दिइयो, सबै प्राथमिक स्कुलका विद्यार्थी
अफगानिस्तानको उत्तरी इलाकामा दुई वटा प्राथमिक स्कुलका ८० छात्रालाई विष दिइएको छ । सबैलाई अस्पताल भर्ना गरिएको छ । इलाकाका शिक्षा अधिकारीले आइतबार यसबारे जानकारी दिएका हुन् । अगस्ट सन् २०२१ मा तालिबान सत्तामा आएपछि यस्तो घटना पहिलो पटक भएको हो ।
तालिबानले पहिले नै देशमा बालिकालाई ६ कक्षाभन्दा माथि पढ्न प्रतिबन्ध लगाइसकेको छ । जुन स्कुलमा छात्रालाई विष दिएको थियो, ती अफगानिस्तानको सर–ए–पुल प्रान्तमा छन् । यी दुई स्कुल आसपास छन् । एकपछि अर्को गर्दै यी स्कुललाई निशाना बनाइएको हो ।
छात्रालाई षड्यन्त्र गरेर विष दिइयो
सर–ए–पुलको एजुकेसन डिपार्टमेन्टका अधिकारीले आफूहरूले घटनाबारे छानबिन गरिरहेको बताए । छात्रालाई कसरी विष दिइयो भन्ने जानकारी छैन । सुरुवाती अनुसन्धानमा यो कसैको षड्यन्त्रजस्तो लागेको अधिकारी बताउँछन् । कसैले तेस्रो पक्षमार्फत उनीहरूलाई विष दिएको पनि अधिकारीले जानकारी दिएका छन् । विष दिइएका छात्राहरू एकदेखि ६ कक्षामा अध्ययनरत छन् ।
अफगानिस्तानमा सन् २०१५ मा पनि यस्तै घटना भएको थियो । त्यति बेला हेरात प्रान्तमा स्कुलका ६ सय छात्रालाई विष दिइएको थियो । त्यति बेला कुनै पनि सङ्गठनले यसको जिम्मेवारी लिएको थिएन । यद्यपि, त्यति बेला थुप्रै मानवअधिकार सङ्गठनले तालिबानलाई घटनाका लागि जिम्मेवार बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण