बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंकले लियो लक्जेम्बर्गको एसएबाट ५० लाख डलर ऋण, विद्युतीय सवारीमा लगानी गर्ने

सोमबार, २२ जेठ २०८०, १५ : ०७
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । प्रभु बैंकले विद्युतीय सवारीमा लगानी गर्ने गरी ५० लाख डलर अर्थात् ६६ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण लिएको छ । बैंकले लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्ड एसएबाट उक्त ऋण सहायता लिएको हो । 

उक्त ऋण विद्युतीय सवारीसाधनमा लगानी गर्ने बैंकले जनाएको छ । सोमबार विश्व वातावरण दिवसका अवसर पारेर हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्नेगरी ४ वर्षे अवधिका लागि ५० लाख डलर बराबरको ऋण प्राप्त गरेको बैंकले जनाएको छ ।

उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारी साधनहरू खरीद तथा आयातमा खर्च गर्ने बैंकको योजना छ । 

खासगरी विद्युतीय सवारीको प्रयोग र प्रोत्साहनका लागि सार्वजनिक र निजी सवारीको आयात र खरिदका लागि फाइनान्सिङमा उक्त ऋणको प्रयोग गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनको भनाइ छ ।

साथै, प्रभु बैंकले वैकल्पिक ऊर्जा व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग समेत सहकार्यका लागि पहल गरिरहेको सिईओ शेरचनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप