यू–२० राष्ट्रिय महिला फुटबल टोली म्यानमारमा
काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा सहभागी हुने नेपाली महिला टोली सोमबार म्यानमारको राजधानी याङ्गुन पुगेको छ । नेपाली टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाइ गरेको थियो । नेपाली टोली आइतबार नै म्यानमारतर्फ प्रस्थान गरेको थियो ।
नेपाली टोली दोस्रो चरणको छनोट प्रतियोगिताको समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा चीन, आयोजक म्यानमार र चाइनिज ताइपेइ रहेका छन् । नेपालले जुन ६ तारिखमा आयोजक म्यानमारसँग खेल्दै छनोट प्रतियोगिताको सुरुआत गर्नेछ । उक्त खेल म्यानमारको समयअनुशार, साँझ साढे ६ बजे सुरु हुनेछ ।
यसैगरी नेपाले जुन ८ तारिखमा चीन र जुन १० तारिखमा चाइनिज ताइपेइसँग छनोट खेल खेल्नेछ । नेपालले यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरणको छनोटमा स्थान पक्का गरेको थियो ।
दीपा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा गोलरक्षकतर्फः कविता विक, लिला जोशी र सावित्री किसान छन् ।
डिफेन्समा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुल, सिमरन राई, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ रहेका छन् ।
यसैगरी मिडफिल्डरमाः दीपा शाही (कप्तान), सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी र सारा बज्राचार्य रहेका छन् । स्ट्राइकरमा भने अमिषा कार्की, ममता पुन, गरिमा राई र सदिपा भोलन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण