यू–२० राष्ट्रिय महिला फुटबल टोली म्यानमारमा

काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा सहभागी हुने नेपाली महिला टोली सोमबार म्यानमारको राजधानी याङ्गुन पुगेको छ । नेपाली टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाइ गरेको थियो । नेपाली टोली आइतबार नै म्यानमारतर्फ प्रस्थान गरेको थियो ।
नेपाली टोली दोस्रो चरणको छनोट प्रतियोगिताको समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा चीन, आयोजक म्यानमार र चाइनिज ताइपेइ रहेका छन् । नेपालले जुन ६ तारिखमा आयोजक म्यानमारसँग खेल्दै छनोट प्रतियोगिताको सुरुआत गर्नेछ । उक्त खेल म्यानमारको समयअनुशार, साँझ साढे ६ बजे सुरु हुनेछ ।
यसैगरी नेपाले जुन ८ तारिखमा चीन र जुन १० तारिखमा चाइनिज ताइपेइसँग छनोट खेल खेल्नेछ । नेपालले यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरणको छनोटमा स्थान पक्का गरेको थियो ।
दीपा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा गोलरक्षकतर्फः कविता विक, लिला जोशी र सावित्री किसान छन् ।
डिफेन्समा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुल, सिमरन राई, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ रहेका छन् ।
यसैगरी मिडफिल्डरमाः दीपा शाही (कप्तान), सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी र सारा बज्राचार्य रहेका छन् । स्ट्राइकरमा भने अमिषा कार्की, ममता पुन, गरिमा राई र सदिपा भोलन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
बीपी राजमार्गमा आजदेखि रात्रिकालीन सवारी सञ्चालनमा रोक
-
गाजामा मानवीय सहायता पर्खिरहेका कम्तीमा ३४ प्यालेस्टिनी इजरायली सेनाबाट मारिए
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
-
इजरायलसँगको तनावकाबिच इरानले भन्यो, ‘आक्रमण भइरहँदा वार्ता सम्भव छैन’
-
लिभरपुलद्वारा क्लब इतिहासकै महँगो मूल्यमा विर्ट्ज अनुबन्ध