माओवादी सांसद दाहालले भने–एमाले सांसदहरूले अराजकता देखाए, त्यसको जवाफ दिन्छौँ
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका सांसदहरूले संसदमा अराजकता देखाएको भन्दै त्यसको जवाफ फर्काउने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद दाहालले एमाले सांसदहरूको संसदमा प्रस्तुति असाध्यै अराजक र अशिष्ट भएको बताए । एमाले सांसदहरूले प्रधानमन्त्रीको हुर्मत लिएको उनले बताए । सबै खालका अराजकताहरुको संविधान, प्रतिनिधि सभा नियमावली र अनुशासनभित्र रहेर जवाफ दिने उनले बताए । प्रतिपक्ष दलका सांसदहरूले अराजकता र असंसदीय चरित्रको पराकाष्ठ नै देखाएको बताए ।
सांसद दाहालले आजको संसद् बैठकमा सभामुखको पनि तटस्थ भूमिका नभएको बताए । सभामुखले अमुक पार्टीको कारिन्दा जस्तो भएर सांसदहरूलाई अराजक, असभ्य र अशिष्ट ढंगले पेस हुन मलजल गरेको पनि उनले उल्लेख गरे । सभामुखलाई तटस्थ भूमिका अपनाउन उनले आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण