प्रधानमन्त्रीलाई संसदीय मूल्य, मान्यताभित्रै रहेर प्रश्न गरेका छौँ : सचेतक बर्तौला

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले प्रतिपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीलाई संसदीय अधिकारभित्र रहेर प्रश्न गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद बर्तौताले प्रधानमन्त्रीलाई आफूहरुले संसदीय अधिकारभित्र रहेर नै प्रश्न गरेको बताएका हुन् । नागरिकता विधेयकको सम्बन्धमा प्रधानमन्त्रीले अदालतले गरेको फैसलाभन्दा बाहिर गएर अभिव्यक्ति दिएपछि आफूहरुले संविधानसम्मत् गर्न आग्रह गरेको उनले उल्लेख गरे । प्रधानमन्त्रीलाई संसदीय मूल्य र मान्यताभित्रै रहेर प्रश्न गरिएको उनले बताए ।
सांसद बर्तौलाले संसदीय प्रक्रियामा प्रतिपक्षलाई बढीभन्दा बढी सहभागी हुन दिनुपर्नेमा सत्तापक्षले प्रतिपक्ष सांसद बोलेकोमा रोष प्रकट गर्ने गरेको बताए । आज संसदमा प्रश्न सोध्ने सांसदहरुलाई अशोभनीय भनेर भन्न नमिल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य