प्रधानमन्त्रीलाई संसदीय मूल्य, मान्यताभित्रै रहेर प्रश्न गरेका छौँ : सचेतक बर्तौला
काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले प्रतिपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीलाई संसदीय अधिकारभित्र रहेर प्रश्न गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद बर्तौताले प्रधानमन्त्रीलाई आफूहरुले संसदीय अधिकारभित्र रहेर नै प्रश्न गरेको बताएका हुन् । नागरिकता विधेयकको सम्बन्धमा प्रधानमन्त्रीले अदालतले गरेको फैसलाभन्दा बाहिर गएर अभिव्यक्ति दिएपछि आफूहरुले संविधानसम्मत् गर्न आग्रह गरेको उनले उल्लेख गरे । प्रधानमन्त्रीलाई संसदीय मूल्य र मान्यताभित्रै रहेर प्रश्न गरिएको उनले बताए ।
सांसद बर्तौलाले संसदीय प्रक्रियामा प्रतिपक्षलाई बढीभन्दा बढी सहभागी हुन दिनुपर्नेमा सत्तापक्षले प्रतिपक्ष सांसद बोलेकोमा रोष प्रकट गर्ने गरेको बताए । आज संसदमा प्रश्न सोध्ने सांसदहरुलाई अशोभनीय भनेर भन्न नमिल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण