बीवाईडीले विश्व वातावरण दिवसमा रोप्यो १ हजार ५०० बिरुवा
काठमाडौँ । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले विश्व वातावरण दिवसको अवसरमा १ हजार ५०० बिरुवा रोपेको छ । ‘बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट’ परियोजनाको सहयोगमा वृक्षारोपण अभियान गरिएको हो ।
अभियानले काठमाडौँको चखण्डोल सामुदायिक वनको क्षेत्रलाई पुनरुत्थान गर्दा बीवाईडीको भिजर्न ‘कूल द अर्थ बाई वान डिग्री’ दृष्टीकोणसंग मेल खान्छ । साइमेक्सले रणनीतिक स्थानमा १ हजार ५०० बिरुवा रोपेर पुनरुत्थानमा योगदान गर्न अगाडि बढिरहेको छ ।
विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा समेटिएको काठमाडौँ लामो समयदेखि वायुप्रदुषणका हानिकारक प्रदुषण झेल्दै आएको छ । यो पहल गरेर साइमेक्सले काठमाण्डौंमा वायु प्रदुषणको प्रतिकुल प्रभावलाई कम गर्न प्रयास गरेको कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् ।
‘बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट’ अभियानले बृक्षारोपणको लागि मियावाकी प्रविधीको प्रयोग गर्दै समग्रर प्रभावकारी बृक्षारोपणको प्रकृया सुनिश्चित गर्नेछ । यो दृष्टिकोण घना र विविध खालको रुखहरुको वृक्षारोपण गरी चखण्डोल सामुदायिक वनको समुन्नत विकासको लागि बढावा दिनेछ ।
कार्यक्रमा वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतोले अभियानको सुरुवातको प्रतीकका रुपमा पहिलो बिरुवा रोपेर उद्घाटन समारोहमा सहभागिता जनाएका थिए ।
साइमेक्स इंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ग्राहक, पर्यावरणविद्, सरकारी प्रतिनिधि र बीवाईडी नेपालको सम्मानित ब्राण्ड एम्बेसडर हरिवंश आचार्य जस्ता प्रमुख व्यक्तिहरुलाई पनि निमन्त्रणा गरेको थियो । वातावरण संरक्षणमा साझा समर्पणको प्रतिनिधित्व गर्ने करिब २०० रुखको औपचारिक रोपण गरी कार्यक्रमको समापन भएको थियो भने बाँकी १ हजार ३०० रुखहरु आगामी १५ दिन भित्रमा रोप्ने तालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण