बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

जीप दुर्घटनामा मृत्यु भएकाको शोकमा आज पाणिनी गाउँपालिकामा बिदा

मङ्गलबार, २३ जेठ २०८०, ०८ : ४२
मङ्गलबार, २३ जेठ २०८०

बुटवल । पाल्पामा आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाले शोक बिदा दिने भएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची पाणिनीतर्फ आउँदै गरेको जीप लु १ च ९०२४ नम्बरको जिप  पाल्पामा दुर्घटनामा परी पाणिनीका ५ जनाको मृत्यु भएको थियो ।

उनीहरूको शोकमा गाउँपालिकाले मंगलबार आज पालिकाभर बिदा दिने भएको हो ।  दुर्घटना हुँदा मुत्यु हुने पाँचै जना पाणिनीका हुन् । दुर्घटनामा १० जना घाइते भएका थिए । उक्त घटनाले गाउँपालिका स्तब्ध र मर्माहत भएको भन्दै एक दिन बिदाको घोषणा गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जारी गरेको शोक बिदा सम्बन्धी सूचनामा मंगलबार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालय एवं शिक्षण संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको उल्लेख छ । घाइतेहरुको  बुटवलका लुम्बिनी  प्रदेशिक अस्पताल र चौराह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप