शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

३२ वर्षको उमेरमा नै घरबारविहीन बने चेल्सीका यी पूर्व खेलाडी

मङ्गलबार, २३ जेठ २०८०, ११ : ४०
मङ्गलबार, २३ जेठ २०८०

लण्डन । चेल्सीको फुटबल एकाडेमीबाट ग्राजुएट भएका ज्याकब मेलिस ३२ वर्षको उमेरमा नै घरबारविहीन बनेका छन् । रक्सीको कुलतमा फसेपछि उनको यो हालत भएको हो ।

सन् २००० को सुरुवातमा मेलिस चेल्सीको एकाडेमीबाट आएका थिए । उनी सन् २००८ को युवा एफए कपको फाइनलमा पुग्ने टोलीका सदस्यसमेत रहेका थिए । तर, सिनियर टोलीमा प्रवेश पाउन भने उनले सकेनन् । ब्रार्नस्ले र साउथह्याम्पटनमा ऋणमा केही समय बिताएपछि उनले सन् २०१२ मा बार्नस्लेसँग करार सम्झौता गरेका थिए । 

त्यसपछि उनले ब्ल्याकपुल, बरी, म्यानसफिल्ड लगायत अन्य क्लबमा समय बिताएका थिए । सन् २०२१ बाट उनले फुटबल खेल्न बन्द गरे । मेलिसका अनुसार रक्सीको कुलतकै कारण उनी फुटबलबाट बिदा हुन बाध्य भएका हुन् ।

डेली मेलसँग कुराकानी गर्दै उनले भने, ‘मेरो करियरको अवधिभर यसले मलाई सताइरह्यो । जब तपाईं पिउनुहुन्छ, तपाईंले गर्ने काममा तपाईंको नियन्त्रण हुँदैन । यसले तपाईंको प्रशिक्षणमा प्रभाव पार्छ र तपाईंको प्रशिक्षक पनि तपाईंसँग खुसी हुनुहँदैन ।’

घरबारविहीन बनेको बारे कुराकानी गर्दै उनले कहिलेकाहीँ आफू परिवारको घरमा, साथीहरूको सोफामा त कहिले पैसा तिरिदिने साथीहरूसँग होटलमा बस्ने गरेको सुनाए । अहिले भने चेल्सीले उनलाई ‘स्काउटिङ’ को काम गर्नका लागि सहयोग गरिरहेको बताए । अहिले उनले लेभल वान र टुको ब्याज गरिरहेको र अब यही काममा लाग्ने उनले सुनाए ।

गोल डटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप