श्रीमतीको यो कुरा मन पराउँदैनन् शाहिद कपुर, विवाहको ८ वर्षपछि बताए सम्बन्धबारे वास्तविकता
शाहिद कपुर र मिरा राजपूत बलिउडका निकै रुचाइएका जोडी हुन् । यी दुई एक अर्काका परिपूरक हुन् ।
शाहिद र मिराले सन् २०१५ मा विवाह गरेका थिए । यी दुईले विवाह गरेको ८ वर्ष बितिसकेको छ तर समयसँगै यी दुईको सम्बन्ध थप प्रगाढ बनेको छ ।
मिरा र शाहिद एक–अर्कासँग निकै खुसी देखिन्छन् तर अब विवाह गरेको ८ वर्षपछि अभिनेताले आफ्नी श्रीमतीका केही खराब बानीबारे कुरा गरेका छन् ।
भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा शाहिदलाई श्रीमती मिराको कुन चाहिँ बानी मन पर्दैन भनेर सोधिएको थियो । यसको जवाफमा अभिनेताले मिराको सुत्ने बानी मन नपर्ने बताए ।
शाहिदले भने, ‘मिरा बिहान छिट्नै उठ्दिनन् । उनलाई ९ बजे उठाउने कोसिस गर्दा पनि मिरा गनगनाउन गर्छिन् ।’
यस्तै शाहिदले श्रीमतीको अर्को मन नपर्ने बानीबारे पनि कुरा गरे । उनले भने, ‘मिराले मलाई कुनै पनि कुराका लागि क्रेडिट दिन्नन् । ’
यद्यपि, श्रीमतीको यति धेरै पोल खोलेपछि शाहिदले मिराको तारिफ पनि गरेका छन् । शाहिदले मिरा असाध्यै राम्रो मान्छे भएको बताएका छन् ।
‘मिरा सोलिड, इमानदार, असाध्यै स्पष्ट र वास्तविक मानिस हुन् । यी विशेषता एउटा मानिसमा पाउन निकै मुस्किल छ,’ उनले भने ।
शाहिदले थपे, ‘मिरा असाध्यै सुन्दर पनि छिन् । उनको मुस्कान साह्रै राम्रो छ । उनी बुद्धिमान पनि छिन् । ’
मिरा र शाहिदमा दुई सन्तान छन् । उनकी छोरीको नाम मिशा हो भने छोरा जैन हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण