शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेशमलाई स्वागत गरेको भिडियो खिच्ने पत्रकारलाई डीएसपीले कार्यकक्षमै बोलाएर धम्काए (भिडिओ)

मङ्गलबार, २३ जेठ २०८०, १३ : ३९
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । पूर्व सांसद रेशम चौधरीलाई माला लगाएर स्वागत गरेको भिडिओ खिच्ने पत्रकारलाई कार्यालयमा बोलाएर डीएसपी उद्धवसिंह भाटले धम्की दिएका छन् । जेठ १५ मा राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि गृह जिल्ला कैलाली पुगेका चौधरीलाई दौडिँदै गएर डीएसपी भाटले स्वागत गरेको भिडिओ भाइरल भएको थियो । 

टीकापुरमा २०७२  मा एसएसपीसहित ७ प्रहरी र केही सर्वसाधारण मारिएको घटनामा दोषी ठहर भई सजाय माफी पाएका चौधरीको डीएसपी भाटले स्वागत गरेको भिडिओ सार्वजनिक भएपछि आलोचना भएको थियो ।

त्यसपछि डीएसपी भाटलाई कारबाही गरी नेपाल प्रहरी विशेष सुरक्षागण सुनवल सरुवा गरिएको थियो । आफ्नो सरुवा हुनअघि नै उक्त भिडिओ खिच्ने पत्रकार जीवन चौधरीलाई टीकापुर इलाका प्रहरी कार्यालयमा बोलाएर डीएसपी भाटले हप्किदप्की गरेको भिडिओ रातोपाटीलाई प्राप्त भएको छ ।

रेशम चौधरीलाई हिरो बनाउने चक्करमा आफ्नाे बेइजत हुने गरी भिडियो खिचेको भन्दै डीएसपी भाटलेकार्यालयमै बोलाएर तथानाम गालीगलौज गर्दै पत्रकार चौधरीलाई धम्की दिएको भिडिओमा देखिन्छ । ‘रेशम हिराे बनाउने चक्करमा मलाई मेराे बेइजत गर्ने तिमीहरूले ?,' डीएसपी भाटले भनेका छन्, 'तेराे लागि राम्राे सन्देश हाेला, मेराे लागि त नराम्राे भयाे नि !’ 

टिकापुर घटनामा मारिएका मध्ये चार जना आफ्नै गाउँकाे भएकाे र उनीहरूका सबै आफन्त आफूसँग रिसाएकाे पनि डिएसपी भाटकाे भनाइ छ । डिएसपी भाटले भनेका छन्, ‘जसरी त्याे पुलिसहरूलाई मारेकाे छ नि त्यसरी नै मैले तिमीलाई मारेर फालेँ भने पनि मेराे रिस मर्दैन, ममाथि न्याय पनि हुँदैन। यति मेराे बेइजत भाकाे छ तेराे कारणले।’ डीएसपीले भिडियोमा अपशब्द प्रयोग गर्दै आफूलाई बदनाम बनाउने गरी भिडिओ खिचेको आरोप लगाएकाे सुनिन्छ।

हेर्नुस् भिडिओ

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप