शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यास स्टोभ र बर्नर फोहोर भयो ? यी सरल तरिकाले गर्नुहोस् सफा

मङ्गलबार, २३ जेठ २०८०, १६ : ०८
मङ्गलबार, २३ जेठ २०८०

घरमा भान्साको सरसफाइ सबैभन्दा महत्त्वपूर्ण हुन्छ । धेरै कुरा सफा गर्न सजिलो हुन्छ तर तर ग्यास चुलो सफा गर्न परिश्रम नै चाहिन्छ । दूध, तरकारी, तेल आदि दिनहुँ खस्ने भएकाले हप्तामा कम्तीमा एक पटक ग्यास चुलो राम्ररी सफा गर्न जरुरी हुन्छ । यहाँ हामी तपाईंलाई ग्यास बर्नर र ग्यास चुलोलाई सफा गर्ने  सजिलो तरिकाबारे जानकारी दिँदै छौँ । 

ग्यास बर्नर र चुलो सफा गर्ने सरल तरिका

– सबैभन्दा पहिले, ग्यास बर्नरलाई निकाल्नुहोस् र ठुलो भाँडामा राख्नुहोस् । यसमा उमालेको पानी हाल्नुहोस् । ध्यान राख्नुहोस् कि बर्नर पूर्ण रूपमा डुबेको हुनुपर्छ ।

– अब बर्नरको भाँडोमा इनोको सानो प्याकेट खोलेर हाल्नुहोस् । यसो गर्दा बर्नरको प्वालमा भएको ब्लकेज आफैँ सफा हुन्छ । 

– अब ग्यास चुलोको बर्नर वरिपरिको फोहोर भएको ठाउँमा तातो पानी हालेर २ मिनेटका लागि छोड्नुहोस् । अब तपाईंले आफ्नो डिआईवाई सोलुसन बनाउनुहोस् ।

– डिआईवाई सोलुसन बनाउनका लागि कागती काटेर आफ्नो हातमा लिनुहोस् । अब कागतीमाथि सेतो रङ्गको टुथपेस्ट हाल्नुहोस् । यसको माथि इनो छर्कनुहोस् ।

– अब फोहोर भएको ठाउँमा यो कागतीलाई बिस्तारै रगड्दै जानुहोस् । केही बेरमा यो सफा हुन्छ ।

– यसरी तपाईं यो सोलुसनलाई केही बेराका लागि ग्यास चुलो माथि राख्न पनि सक्नुहुन्छ । यदि तपाईंको ग्यास चुलो स्टिलको छ भने यसलाई स्टिलको जालीले पनि रगड्न सक्नुहुन्छ । काँचको छ भने स्टिल भएको ठाउँमा मात्रै रगड्नुहोस् ।

– तपाईंले कुनातिर दाँत माझ्ने ब्रसले रगड्दै फोहोर हटाउन सक्नुहुन्छ । 

– त्यसपछि तपाईंले टिस्यु पेपरको मद्दतले ग्यास चुलोलाई पुछेर सुक्न दिनुहोस् ।

– अब पानीमा राखिएको बर्नरलाई एक एक गरी निकाल्नुहोस् र ब्रसको मद्दतले यसलाई सफा गर्नुहोस् । यसो गर्नुभयो भने यो चम्किनेछ । त्यसपछि यसलाई धाराबाट आइरहेको पानीले धुनुहोस् र पुछ्नुहोस् । यो तरिकाले निकै सजिलै बर्नर र ग्यास चुलो सफा हुनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप