चर्चामा आउन सडक अनुगमन गरेका होइनौँ : भौतिकमन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चर्चामा आउनका लागि नभई दिगो र कार्यान्वयन गर्नेगरी सडक अनुगमन गरिरहेको बताएका छन् ।
मंगलबार भौतिक तथा पूर्वाधारमन्त्री ज्वालाले चक्रपथको दोस्रो खण्डका रूपमा कलंकीदेखि बसुन्धरासम्मको सडकको स्थलगत निरीक्षण गर्ने क्रममा यस्तो बताएका हुन् । उनले कंलकीदेखि बसुन्धरासम्मको सडक निर्माणमा देखिएका समस्या स्थलगत निरीक्षणबाट समाधान खोज्नको लागि चिनियाँ राजदूत, आयोजना प्रमुखसहित अनुगमन गरिएको बताए । उनले कलंकीदेखि महाराजगञ्जसम्मको ८.२ किमि सडक खण्ड बिस्तार गर्न कुनैपनि समस्या नदेखिएको बताए ।
मन्त्री ज्वालाले सडक निर्माण गर्न सडकको दुवैतर्फ कुनैपनि समस्या नदेखिएकाले चाँडै डिपिआर तयार गरेर ठेक्का प्रक्रियामा जाने बताए । उनले कंलकीदेखि बसुन्धारासम्मको रिङ रोड सडक खण्डको दोस्रो चरणको निर्माण चीन सरकारको अनुदानमा बन्न लागेको बताए । उनले उक्त खण्डमा ढुङगेधारा, गोगबु र बसुन्धारामा अण्डरग्राउण्ड पास आवश्यकता देखिएकाले चीन सरकारसँग सहमति गरेर तीन ठाउँमा अण्डरपास बनाउने सहमति समेत भएको बताए ।
मन्त्री ज्वालाले कंलकीदेखि बसुन्धरासम्म ८ लेनको फराकिलो सडक निर्माण अब तत्काल अगाडि बढ्ने आशा जगाएको बताए । उनले मन्त्री भएर आएपछि अनुगमन गरिसका सडक निमाण प्रक्रिया ढिला भएका आयोजनाहरुको कामको प्रगति तीव्र रुपमा बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण