हलेसीको ब्रान्डिङ गर्न सरकार लागिपरेको छ : मन्त्री किराती
खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको बताएका छन् । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकास तथा प्रवर्द्धनका लागि सरकारले यस आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा नै समावेश गरेर अगाडि बढाएको उनले जानकारी दिए ।
मन्त्री किरातीले हलेसी खोटाङ जिल्लाको मात्र नभई पूर्वी नेपालकै सम्भावना बोकेको त्रिधार्मिकस्थल भएकाले यसका चौतर्फी विकासका लागि झापाको काँकडभिट्टादेखि योजना बनाएर अगाडि बढाउनुपर्ने बताए । “हलेसीको विकासका लागि मुलुकको अन्य ठाउँमा समेत प्रचार–प्रसार गर्न आवश्यक छ ।
आगामी दिनमा नेपाल छिर्ने मुख्य नाका काँकडभिट्टा, चतरालगायतका ठाउँमा समेत प्रचार–प्रसारका लागि होडिङबोर्ड राख्नुुपर्ने अवस्था देखिएको छ”, उनले भने, “हलेसीमा खुला सांस्कृतिक सङ्ग्राहलय निर्माण गर्न सरकारले तयारी गरेको छ । विभिन्न मुलुकबाट हलेसी आउने पाहुनालाई सिधा सम्पर्कमा भ्रमण गराउन सकिने गरी योजना निर्माण गर्नु आजको आवश्यकता हो । यसका लागि मन्त्रालयले गर्ने सहयोग गर्छ ।”
पर्यटकीय क्षेत्रको अनुगमन भ्रमणका लागि आज खोटाङ आएका मन्त्री किरातीले त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासका लागि ब्रान्डिङ गनुपर्नेमा जोड दिए । उनले हलेसी र किराँत समुदायको उद्गमस्थल तुवाचुङको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिए ।
हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा हलेसी विकास समितिका अध्यक्ष एवं पूर्वसांसद टङ्क राईले त्रिधार्मिकस्थल हलेसीको विकासले खोटाङको मात्र नभई मुलुकै आर्थिक समृद्धिमा टेवा पुग्ने मन्त्री किरातीलाई जानकारी गराए । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय अनुशासन आयोगका अध्यक्षसमेत रहेका अध्यक्ष राईले हलेसी मन्दिर तथा गुफा नजिकैबाट मध्यपहाडी लोकमार्गको सडक भएकाले हलेसी गुफा तथा मन्दिर जोखिममा रहेको जानकारी दिए ।
नगरप्रमुख विमला राईले मन्त्री किरातीलाई स्वागत गर्दै यस क्षेत्रको त्रिधार्मिकस्थल हलेसीको समग्र विकासका लागि आवश्यक पहल गरिदिन आग्रह गरिन् । उनले हलेसीमै बुनिएको खाँडीको कपडा चिनोस्वरुप मन्त्री किरातीलाई प्रदान गर्दै स्थानीय उत्पादनमा समेत नगर लागेको जानकारी गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव