हत्या र मानव बेचबिखन कसुरका प्रतिवादीहरू पुर्पक्षका लागि थुनामा
धादिङ । जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरू सरस्वती पनेरु पण्डित, निजको छोरा नीरज पण्डित र पाल्पा तानसेन नगरपालिका घर भई हाल गल्छी स्थित नीरजकै घरमा डेरा गरी बस्ने किरन राना समेत गरी तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय धादिङ बाट जेठ २२ गते पेस भएको अभियोग अनुसार तीनै जना प्रतिवादीहरूलाई जेठ २४ गते जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलास बमोजिम पुर्पक्षका लागि थुनामा पठाइएको हो ।
गत बैशाख २७ गते राती धादिङ गल्छी स्थित सरस्वती पनेरुले सञ्चालन गरेको शानदार होटेल एण्ड लजमा सोही ठाउँका स्थानीय बासिन्दा २८ वर्षीय विनोद थापा मगरले खाजा खाएको पैसाको विवादमा झैझगडा हुँदा सञ्चालिका सरस्वतीका छोरा नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका थिए ।
छुरा प्रहारबाट घाइते भएका रानाको उपचारका क्रममा काठमाण्डौं स्थित नर्भिक अस्पतालमा बैशाख २८ गते मृत्यु भएको थियो । होटेल सञ्चालिका रहेकी सरस्वती पनेरू पण्डितले आफ्नो होटेलमा बालिकाहरूलाई जबरजस्ती यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जना पीडितको जाहेरीको आधारमा ज्यान सम्बन्धी कसुरका साथै थप दुईवटा मानव बेचबिखन मुद्दामा समेत प्रतिवादी बनाई अभियोग पेस भएकोमा तीनवटै मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको हो ।
सञ्चालिका सरस्वतीका छोरा नीरज पण्डित र अर्का प्रतिवादी किरन रानालाई ज्यान सम्बन्धी कसुरमा मात्रै अभियोग पेस भएकोमा सोही मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण