बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

करोडपति व्यक्तिले भने, ‘यी पाँच चिजमा पैसा र समय बर्बाद नगर, धनी बन्नेछौ’

बिहीबार, २५ जेठ २०८०, ११ : १५
बिहीबार, २५ जेठ २०८०

धनी कसरी बन्ने ? पैसा कसरी कमाउने ? महँगीको मार झेलिरहेका जे कसैको मनमा यस्तो प्रश्न उब्जिन सक्छ । तर कोही मानिसले आफ्नो सफलताका कहानीले यो प्रमाणित गरेका छन् कि हातमा केही नभए पनि एक दिन करोडपति बन्न सकिन्छ । यस्तै एक व्यक्तिले ती पाँच चिजबारे बताएका छन् जसमा उनीहरुले पैसा र समय बर्बाद गरेनन् र उनले अरूलाई पनि यस्तै गर्न सल्लाह दिइरहेका छन् । 

सीएनबीसीको रिपोर्ट अनुसार पेरेन्ट पोर्टफोलियो वेबसाइटका सह–संस्थापक जोनाथन सान्चेज एक सेल्फ मेड मिलेनिर हुन् । उनको वेबसाइटले परिवारलाई पैसा बढाउन र आर्थिक रूपमा जिम्मेवार हुन मद्दत गर्छ । उनका अनुसार उनी परिवारमा आफ्नो मेहनतमा करोडपति बन्ने पहिलो व्यक्ति हुन् । उनको कमाई रियल इस्टेटमा लगानी र निजी फाइनान्स बिजनेसमार्फत हुन्छ । परिवारसँग बढी समय बिताउने कुरालाई उनी सधैँ महत्त्व दिन्छन् । 

उनका अनुसार प्यासिभ इनकमका कारण उनले कम काम गर्नुपर्छ तसर्थ आफ्ना श्रीमती र बच्चासँग बढी समय बिताउन पाउँछन् । उनले ती पाँच चिजबारे जानकारी दिएका छन् जसमा उनी समय र पैसा बर्बाद गर्न चाहँदैनन् । उनी भन्छन् –

१. मैले कहिल्यै नयाँ कार किनिनँ

जोनाथनका अनुसार पाँच वर्षमा कारको मूल्य ६० प्रतिशतसम्म घट्छ । त्यसमाथि इन्स्योरेन्सको पैसा पनि बढी हुन्छ । त्यसैले उनी सेकेन्ड ह्यान्ड कार किन्न मन पराउँछन् । जुन केही वर्ष पुरानो होस् र १ लाख ६० हजार किलोमिटरभन्दा कम गुडेको होस् । 

२. फास्ट फेसन आइटम किनिनँ

म कहिल्यै आफ्नो कपडाबारे धेरै सोच्दिनँ । म साधारण कपडा लगाउन रुचाउँछु । निलो जिन्स र पोलोको टिसर्ट । यदि कुनै कार्यक्रममा जानु छ भने सुट र टाई पर्याप्त छ । कपडा त्यति बेलासम्म किन्दिनँ जबसम्म च्यातिँदैन वा प्वाल पर्दैन ।

३. आवश्यकताभन्दा बढी खाना किन्दिनँ

जोनाथन भन्छन्, ‘म आफ्नो किनमेलको सूची निकै सोचेर बनाउँछु । जुन चिज पहिले नै घरमा छन्, त्यही प्रयोग गर्छु । जुन खाना भोलिको लागि बचाउन सकिन्छ, त्यो फ्याँक्दिनँ ।’

४. सामानको गुणस्तरमा ध्यान दिन्छु

उनी थप्छन्, ‘म कहिल्यै सस्तो सामान किन्दिनँ । म गुणस्तरसँग सम्झौता गर्दिनँ । कुनै चिज सस्तो देख्ने बित्तिकै किन्दिनँ । केही पैसाको चक्करमा गुणस्तरसँग सम्झौता गर्नु हुँदैन । बेड, सोफा वा फ्रिज किन्नु छ भने पनि पहिला अनुसन्धान गर्न रुचाउँछु, त्यसको रिभ्यु पनि हेर्छु ।’

५. बगैँचाको घाँस काटेर समय बिताउँदिनँ

जोनाथन भन्छन्, ‘मैले आफ्नो पहिलो घर किन्दा, बगैँचाको घाँस काटेर बस्न मलाई मन पर्दथ्यो । तर यसमा धेरै समय र मेहनत लाग्थ्यो । त्यसैले अब हरेक हप्ता एउटा कम्पनीमार्फत यो काम गराउँछु । यसो गर्दा म परिवारसँग धेरै समय बिताउन पाउँछु । बच्चालाई गितार बजाउन सिकाउँछु र चिडियाखाना लिएर जान्छु । स–साना कामका लागि पनि बाहिरको कम्पनीमार्फत गराउनु पैसाको बरबादी होइन । यसो गर्दा तपाईंले ती चिजमा आफ्नो समय दिन सक्नुहुन्छ जुन बढी महत्त्वपूर्ण छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप