दाँत माझ्दा मन्जन हाल्नुअघि ब्रस भिजाउनु गलत, विशेषज्ञले बताए कारण
बिहान उठेपछि हामी सबै नित्यकर्म गर्छौँ । त्यो नित्य कर्ममा दाँत माझ्ने र मुख धुने पनि पर्छ । दाँत सफा गर्नका लागि मानिस ब्रस गर्छन् । विज्ञानले कम्तीमा २–३ मिनेटसम्म ब्रस गर्नुपर्ने बताउँछ । एक विशेषज्ञले हामीमध्ये धेरैले गलत तरिकाले दाँत ब्रस गरिरहेको बताएका छन् । लन्डनको मेरिलेबोन स्माइल क्लिनिकका संस्थापक डा. साहिल पटेलले आफ्ना बिरामीले थुप्रै गल्ती गरिरहेको देखेको जुन उनीहरूको ओरल हेल्थका लागि खतरनाक हुनसक्ने बताएका छन् ।
यस्तै, उनका अनुसार सबैभन्दा ठुलो गल्तीमध्ये एक, ब्रसमा टुथपेस्ट लगाउनु अघि टुथब्रसलाई भिजाउनु हो ।
टुथब्रस भिजाउँदा के हुन्छ ?
डा. साहिलका अनुसार टुथपेस्ट हाल्नु अघि टुथब्रस भिजाउनु गलत हो किनभने टुथपेस्टमा पहिला देखि नै सही मात्रामा मोइस्चर हुन्छ । यस्तो अवस्थामा ब्रस भिजाइन्छ भने मोइस्चरका कारण फिँज छिट्टै बन्छ ।
डा. साहिल भन्छन्, ‘यदि तपाईंको ब्रस चिसो भयो भने यसले छिट्टै फिँज बनाउनेछ र तपाईंलाई छिट्टै टुथपेस्ट फ्याँक्न मन लाग्नेछ । यसो हुने हुँदा राम्रोसँग ब्रस सफा हुन पाउँदैन । यसका साथै, बेस्सरी ब्रस गर्नु, इन्टरडेन्टल ब्रसमा फ्लस लगाएर ब्रस गर्दा पनि मुखको स्वास्थ्य बिग्रन सक्छ ।’
ब्रसमा धुलो लाग्यो भने के गर्ने ?
त्यसो भए ब्रसमा धुलो लाग्यो भने के गर्ने ? पानीले धोएन भने त त्यसमा लागेको धुलो मुख भित्र गइहाल्छ नि भन्ने लाग्ला । यसका लागि विशेषज्ञले के सल्लाह दिन्छन् भने टुथब्रसलाई धुलोबाट जोगाउन क्याप पनि आउँछ । ब्रस गरेपछि त्यो क्याप टुथब्रसमा लगाउनुहोस् ताकि त्यसमा धुलो नजमोस् ।
दिनमा कति पटक ब्रस गर्ने ?
डा. साहिल भन्छन्, ‘ थुप्रै पटक ब्रस गर्नुको साटो राम्रोसँग गर्ने हो भने एक–दुई पटक मात्रै ब्रस गर्नु पनि पर्याप्त छ । बिहान उठेर ब्रस गर्नु सबैभन्दा राम्रो हो ।’
उनी थप्छन्, ‘तपाईं सुत्दा पनि मुखबाट र्याल कम निस्कन्छ, त्यसैले तपाईंले खाएको खाना दाँतमा अड्किने र रातभरिमा खराब हुने हुन्छ । यसले पनि ठुलो समस्या निम्त्याउँछ । त्यसैले राती सुत्नु अघि पनि ब्रस गर्नुहोस् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण