सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम २ अर्ब २८ करोड नाघ्यो
काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामान्य वृद्धि देखिएको छ । कारोबार समयदेखि घट्न थाले पनि दिउँसो १ बजे तर्फबाट नेप्से परिसूचक बढ्न थालेको थियो । तर, १२३ वटा कम्पनीको मूल्य घटेसँगै अन्तिम समयमा वृद्धि खुम्चिएर सामान्यमा आएर रोकिएको हो । परिसूचक ७.२७ अङ्कले बढेसँगै परिसूचक १९३९ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३ वटाको मूल्य स्थिर छ । परिसूचक ७ अङ्कले बढ्दा दोल्ती पावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८७ रुपैयाँ पुगेको छ ।
यस्तै, आज भूगोल इनर्जी विकास कम्पनीको सेयर मूल्य समेत ९.९६ प्रतिशतले बढेको छ । यस क्रममा आज २ अर्ब ३० करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ भने आज ५९ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा ४ समूहको सूचक घटेको छ । कारोबारमा आएका १३ मध्य ४ वटा समूहको सूचकमा गिरावट आएको हो । आज बैङ्क, होटेल र टुरिजम, जलविद्युत र उत्पादनमूलक समूहको सूचक घटेको हो । यसबाहेक समूहको सूचक भने बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण