मुर्राबारे संसदमा अनावश्यक चर्चा कृषि क्षेत्रको अपमान : किसान महासंघ
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपाललाई भारतले दिन लागेका १५ वटा मुर्रा राँगाको विषयबारे केही राजनीतिक दलहरूले संसदमा अनावश्यक उचालेको भन्दै भर्त्सना गरेको छ ।
महासंघले मुर्राबारे केही सांसदहरुले बोलेको विषयले देशको दुईतिहाइ जनसंख्या ओगट्ने नेपाली किसानहरू र राष्ट्रिय अर्थतन्त्रमा एकतिहाई योगदान गर्ने कृषि क्षेत्रलाई अपमान गरेको जनाएको छ ।
कृषि क्षेत्रलाई अपमान र युवाहरूलाई कृषिबाट स्थापित गर्ने गरी अपमानजनक भाषामा संसदमा प्रहसन गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी सो कार्यको तीव्र निन्दा तथा भर्त्सना गर्दछौँ’, महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ ।
साथै भारतीय संसदमा नेपालका लुम्बिनी र कपिलवस्तु जस्ता ऐतिहासिक स्थलहरू समेटेको भित्ते चित्र (मुरल) टाँगेको विषयलाई प्रधानमन्त्री प्रचण्डले भारतीय पक्षसँग दृढताकासाथ उठाएकोमा महासंघले प्रधानमन्त्रीलाई धन्यवाद दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण