दिगो विकासको लक्ष्यलाई सुनिश्चित गर्न बीमा महत्त्वपूर्ण : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले दिगो विकासको लक्ष्यलाई सुनिश्चित गर्न बीमा क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । राजधानीमा अन्तर्राष्ट्रिय स्तरको एशियन इन्स्योरेन्स मिट, २०२३ को उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले बीमाको थप दायरा विस्तार गर्नुपर्ने बताए ।
प्राकृतिक प्रकोप, आर्थिक उतारचढाव, साइवर चुनौती लगायतका नयाँ नयाँ जोखिमहरुले बीमा क्षेत्रमा मात्र नभई बीमाले व्यक्तिगत, सामाजिक र व्यवसायिक सुरक्षामा समेत प्रभाव पार्ने उनले बताए ।
अर्थमन्त्री डा. महतले बीमा क्षेत्रका नियामक निकायहरुले परिवर्तित जोखिमहरुलाई सम्बोधन गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने औँल्याउँदै प्रभावकारी नियमनका लागि आपसी सद्भाव अभिवृद्धि, उत्कृष्ट अभ्यासको आदानप्रदान र सामूहिक सिकाई आवश्यक रहेको समेत बताए ।
सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल सरकारले वित्तीय नीतिमा बीमालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै सरकारले कृषिबीमाको प्रवर्द्धन, लघुबीमालाई प्रोत्साहन र बीमाको पहुँच वृद्धिका लागि समावेशी बीमा जस्ता नविनतम् नीतिहरु कार्यान्वयनमा ल्याएको जानकारी दिए ।
अध्यक्ष सिलवालले बीमा क्षेत्रका नियामक निकायहरुले नवीनतम् प्रविधिको प्रयोग, बीमितको संरक्षण र बजारमा स्वच्छ अभ्यासको प्रवर्द्धन तथा बीमाको पहुँच वृद्धि गर्ने किसिमले जोखिम व्यवस्थापन रणनीतिहरु सहितको प्रभावकारी ढाँचा विकास गर्नुपर्ने बताए ।
बिहीबारदेखि राजधानीमा सुरु भएको बीमा सम्मेलन भोलि शनिबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, मकाओ, जोर्डन, मलेसिया, फिलिपिन्स, सिंगापुर, जापान लगायत विभिन्न २० देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरू, बीमा क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमाङ्की, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक सङ्घ संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण