नीति तथा कार्यक्रम एकातिर बजेट अर्कैतिर भयो : विष्णु पौडेल
काठमाडौँ । नेकपा एमालेका सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त–प्राथमिकता अर्कोतिर र बजेट झनै अर्कोतिर फर्किएर आएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि बोल्दै सांसद पौडेलले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा बजेट व्यवस्था नै नभएको उनले बताए ।
पौडेलले हिउँदमा ३० युनिट र वर्षा याममा ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको स्मरण गराए । यस्तै गेटा कलेजलाई दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउने नीति तथा कार्यक्रममा राखिए पनि बजेट भने नदिइएको बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर उम्किन खोजिएको बताए ।
सांसद पौडेलले भने– ‘यसरी सिद्धान्त र प्राथमिकतासँग, नीति कार्यक्रमसँग बजेट अन्तरसम्बन्ध हुँदैन भने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने धर्म निर्वाह किन गर्नुपर्यो । यो बजेटले मुलुकको अर्थतन्त्रलाई चिन्न पनि सकेको छैन र मुलुकको निम्ति कुनै दृष्टिकोण पनि दिन सकेको छैन । बजेटले मुलुकमा विद्यमान समस्या समाधानका लागि कुनै दृष्टिकोण पनि दिन सकेको छैन । बजेटले मुलुकमा विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरेको छ । अर्थतन्त्रका समस्या र चुनौती ठिक ढङ्गले पहिचान गर्न समाधानका उपायहरू अघि सार्न सकेको छैन ।’
बजेटले नेपालको अहिलेको आर्थिक अवस्थालाई सम्बोधन गर्न नसकेको, पुँजी बजार अगाडि बढाउने, अर्थतन्त्रलाई अगाडि बढाउनेतर्फ बजेट केन्द्रित नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण