आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप : अस्ट्रेलियासँग ठुलो अन्तरले हार्यो भारत
काठमाडौँ । आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपमा अस्ट्रेलियाले भारतलाई दुई सय नौ रनको फराकिलो अन्तरले पराजित गरेको छ । प्रतियोगिताको पाँचौँ तथा अन्तिम दिन आइतबार भारतीय टोली आफ्नो दोस्रो पालीमा केवल दुई सय ३४ रन बनाउँदै अलआउट भयो ।
दोस्रो पालीमा पनि भारतीय ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । जितका लागि ४ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि दोस्रो पालीमा विराट कोहलीले सर्वाधिक ४९ रन बनाएका थिए । अजिनक्या रहानेले ४६ रन बनाए भने कप्तान रोहित शर्मा ४३ रनमा आउट भए ।
अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । दोस्रो पालीमा अस्ट्रेलियन बलर स्कट बोल्यान्ड र नाथन लियोनले तीन/तीन विकेट लिए । मिचेल स्टार्कले पनि दुई विकेट हात पारे । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पहिलो पालीमा चार सय ६९ रनको विशाल योगफल तयार पारेको थियो ।
पहिलो पालीमा अस्ट्रेलियाका लागि टार्भिस हेडले एक सय ६३ र स्टिभन स्मिथले एक सय २१ रन बनाएका थिए । भारतीय टोली भने पहिलो पालीमा पनि दुई सय ९६ रनमा अलआउट भएको थियो । भारतका लागि पहिलो पालीमा अजिनक्या रहानेले ८९ रन बनाएका थिए । सार्दुल ठाकुरले पनि ५१ रन जोडेका थिए ।
त्यसपछि अस्ट्रेलियाले आठ विकेटको नोक्सानीमा दुई सय ७० रन बनाउँदै दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो । अस्ट्रेलियाका लागि दोस्रो पालीमा एलेक्स केरीले अविजित ६६ रनको योगदान गरेका थिए । ओभलमा भएको उक्त खेलमा अस्ट्रेलियाका टार्भिस हेड म्यान अफ दी म्याच घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण