आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप : अस्ट्रेलियासँग ठुलो अन्तरले हार्यो भारत

काठमाडौँ । आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपमा अस्ट्रेलियाले भारतलाई दुई सय नौ रनको फराकिलो अन्तरले पराजित गरेको छ । प्रतियोगिताको पाँचौँ तथा अन्तिम दिन आइतबार भारतीय टोली आफ्नो दोस्रो पालीमा केवल दुई सय ३४ रन बनाउँदै अलआउट भयो ।
दोस्रो पालीमा पनि भारतीय ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । जितका लागि ४ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि दोस्रो पालीमा विराट कोहलीले सर्वाधिक ४९ रन बनाएका थिए । अजिनक्या रहानेले ४६ रन बनाए भने कप्तान रोहित शर्मा ४३ रनमा आउट भए ।
अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । दोस्रो पालीमा अस्ट्रेलियन बलर स्कट बोल्यान्ड र नाथन लियोनले तीन/तीन विकेट लिए । मिचेल स्टार्कले पनि दुई विकेट हात पारे । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पहिलो पालीमा चार सय ६९ रनको विशाल योगफल तयार पारेको थियो ।
पहिलो पालीमा अस्ट्रेलियाका लागि टार्भिस हेडले एक सय ६३ र स्टिभन स्मिथले एक सय २१ रन बनाएका थिए । भारतीय टोली भने पहिलो पालीमा पनि दुई सय ९६ रनमा अलआउट भएको थियो । भारतका लागि पहिलो पालीमा अजिनक्या रहानेले ८९ रन बनाएका थिए । सार्दुल ठाकुरले पनि ५१ रन जोडेका थिए ।
त्यसपछि अस्ट्रेलियाले आठ विकेटको नोक्सानीमा दुई सय ७० रन बनाउँदै दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो । अस्ट्रेलियाका लागि दोस्रो पालीमा एलेक्स केरीले अविजित ६६ रनको योगदान गरेका थिए । ओभलमा भएको उक्त खेलमा अस्ट्रेलियाका टार्भिस हेड म्यान अफ दी म्याच घोषित भए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
३ जना मृतावस्थामा फेला
-
गुजरातविरुद्धको खेलमा विराटको कीर्तिमान तोड्न सक्छन् केएल राहुलले
-
मखन आगलागी : छानबिन गरेर १० दिनभित्र रिपोर्ट बुझाउन उपप्रमुख डंगोलको निर्देशन
-
विपिन कुमार गुरुङ : पूर्व भलिबल खेलाडीदेखि सफल व्यवसायी र समाजसेवीसम्म