प्रिन्स र रसिला एसियन गेम्सका लागि छनोट
काठमाडौँ । यसै वर्षको सेप्टेम्बरमा चीनको गाङ्गझाओमा आयोजना हुने १९ औँ एसियन गेम्सका लागि चारजना खेलाडी छनोट भएका छन् ।
नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट प्रिन्स दाहाल र रसिला महर्जनसहित सुनिल जोशी र जेशिका गुरुङ छनोट भएका हुन् । वैकल्पिक खेलाडीमा पुरुष तर्फ विष्णु कटुवाल र महिला तर्फ अनुमाया राई छनोट भएका छन् ।
चारै खेलाडीको एसियन गेम्सको यात्रा पहिलो हो । एसियन गेम्समा ब्याडमिन्टनको उपलब्धिलाई हेर्ने हो भने पुरुष टिम इभेन्टसमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ । कोरियाको इन्चोनमा भएको १७ औँ र इन्डोनेसियामा भएको १८ औँ एसियन गेम्समा नेपालले पुरुष टिम इभेन्ट्समा क्वाटरफाइनलसम्म पुग्दै पाँचौँ स्थान हासिल गर्न सफल भएको थियो ।
प्रिन्स जुनियरतर्फ विश्व नम्बर एक रहिसकेका छन् । यस्तै रसिला जुनियर युगल तर्फ विश्व छैटौँ स्थानमा रहिसकेको संघका सचिव नवीन विक्रम शाहले जानकारी गराएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीहरूलाई खादा लगाएर राम्रो नतिजा प्राप्त गर्न शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण