मनिषा कोइराला अभिनित हिरामण्डीको सुटिङ सकिँदै
मुम्बई। सञ्जय लीला भन्साली आफ्नो वेब शो ‘हिरामाण्डी' लाई लिएर चर्चामा छन् । दर्शकहरु यसको प्रतिक्षामा छन् र अब यसको साथमा आउने नयाँ अपडेटले फ्यानहरुको खुशी बढाउन पर्याप्त रहदै आएको छ । शो अहिले पूरा हुनै लागेको छ । शोका आठवटै एपिसोडको छायांकन सकिएको र दर्शकको प्रतिक्षाको समय छिट्टै समाप्त हुने बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार यो शोको सुटिङ पुरा हुन केही दिन मात्रै बाँकी छ । सञ्जय लीला भन्सालीका निकट स्रोतका अनुसार यो महिनाको अन्त्यसम्ममा सुटिङ सकिनेछ । यति मात्र होइन, नेटफ्लिक्सले यो वर्षको अन्त्यसम्ममा शो रिलिज गर्ने तयारी गरिरहेको छ ।
‘हिरामाण्डी’को स्टारकास्टको कुरा गर्दा यसमा फरिदा जलाल, मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख, फरदीन खान, अध्यायन सुमनलगायतका कलाकारको अभिनय रहनेछ । फिल्मका सबै अभिनेत्रीको फर्स्ट लुक सेयर गरिएको छ, जसलाई दर्शकले रुचाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण