बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

रुसले पाकिस्तानमा तेल पठायो, शहबाज सरिफ खुसी

सोमबार, २९ जेठ २०८०, ०९ : ५७
सोमबार, २९ जेठ २०८०

रुसबाट कच्चा तेलको कार्गो पहिलो पटक पाकिस्तान पुगेको छ । देशका प्रधानमन्त्री शहबाज सरिफले यसलाई देशको लागि ‘परिवर्तनको दिन’ भनेका छन् ।

प्रधानमन्त्री सरिफले ट्विटरमा लेखेका छन्, ‘मैले देशसँग गरेको अर्को वाचा पूरा गरेको छु । पहिलो रूसी अनुदान प्राप्त कच्चा तेलको कार्गो कराँची आइपुगेको छ र भोलि तेल निकासी सुरु हुनेछ भनेर घोषणा गर्न पाउँदा खुसी छु ।’

अप्रिलमा, पाकिस्तान र रुसबीच सस्तो रुसी कच्चा तेलको लागि सम्झौता भएको थियो र पाकिस्तानले आफ्नो पहिलो अर्डर दिएको थियो ।

४५ हजार मेट्रिक टन तेल बोकेको १८३ मिटर लामो तेल ट्याङ्कर रुसी जहाज प्योर प्वाइन्ट कराँची बन्दरगाहमा आइपुगेको छ ।

शहबाज सरिफले यो पाकिस्तानका लागि पहिलो रुसी तेल कार्गो भएको र पाकिस्तान र रुसबीच नयाँ सम्बन्धको सुरुवात भइसकेको बताए ।

उनले भने, ‘म ती सबैको प्रशंसा गर्छु जो यसको प्रयासको हिस्सा बनिरहेका छन् र रुसी तेल आयातको वचनलाई वास्तविकतामा परिवर्तन गर्न योगदान दिए ।’

पाकिस्तान रिफाइनरी लिमिटेड (पीआरएल) ले युएई र साउदी आरामकोबाट आयात गरिएको कच्चा तेलसँग मिसाएर रुसी कच्चा तेललाई प्रशोधन गर्नेछ ।

पाकिस्तानले आफ्नो कच्चा तेलको ७० प्रतिशत आयात गर्छ, जसलाई पीआरएल, नेशनल रिफाइनरी लिमिटेड, पाक अरब रिफाइनरी लिमिटेड र बायोको पेट्रोलियमले प्रशोधित गर्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप