५०० महिलालाई सिलाई कटाइको निःशुल्क तालिम दिएर जोर्डन पठाइने
सोमबार, २९ जेठ २०८०, १२ : ५६
काठमाडौँ । वैदेशिक रोजगार बोर्डले ५०० महिलालाई निःशुल्क तालिम दिने भएको छ । बोर्डले उनीहरूलाई एक महिने सिलाई कटाइको तालिम दिन लागेको हो ।
त्यसका लागि विभिन्न ९ वटा तामिल प्रदायक संस्था छनोटमा परेका छन् । उनीहरूले निःशुल्क रूपमा तालिम दिनेछन् । तालिम असारको पहिलो साताबाट काठमाडौँका विभिन्न ठाउँ र पोखरामा गार्मेन्ट मेसिन अपरेटर तालिम दिइने बोर्डले जनाएको छ ।
तालिम लिनका लागि महिलाहरूले कुनै पनि शुल्क नतिरी जोर्डन जान सक्ने बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले बताए । यो तालिम १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका महिलालाई दिइनेछ। तालिम लिनका लागि राहदानी बनाइसकेको तथा राहदानी बनाउनका लागि राजस्व बुझाइसकेको हुनुपर्ने बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण