बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

५०० महिलालाई सिलाई कटाइको निःशुल्क तालिम दिएर जोर्डन पठाइने

सोमबार, २९ जेठ २०८०, १२ : ५६
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । वैदेशिक रोजगार बोर्डले ५०० महिलालाई निःशुल्क तालिम दिने भएको छ । बोर्डले उनीहरूलाई एक महिने सिलाई कटाइको तालिम दिन लागेको हो ।

त्यसका लागि विभिन्न ९ वटा तामिल प्रदायक संस्था छनोटमा परेका छन् । उनीहरूले निःशुल्क रूपमा तालिम दिनेछन् । तालिम असारको पहिलो साताबाट काठमाडौँका विभिन्न ठाउँ र पोखरामा गार्मेन्ट मेसिन अपरेटर तालिम दिइने बोर्डले जनाएको छ ।

तालिम लिनका लागि महिलाहरूले कुनै पनि शुल्क नतिरी जोर्डन जान सक्ने बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले बताए । यो तालिम १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका महिलालाई दिइनेछ। तालिम लिनका लागि राहदानी बनाइसकेको तथा राहदानी बनाउनका लागि राजस्व बुझाइसकेको हुनुपर्ने बोर्डले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप