बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
स्वयम्भूको गजुरले पुनर्जीवन पाउँदै
फोटोफिचर

स्वयम्भूको गजुरले पुनर्जीवन पाउँदै

सोमबार, २९ जेठ २०८०

काठमाडौँ । स्वयम्भूनाथ पर्यटकहरूमाझ ‘मंकी टेम्पल’ भनेर पनि परिचित रहेको छ । तर त्यही बाँदरको उपद्रोका कारण स्वयम्भूको पुनर्निर्माण कार्य भइरहेको छ ।

बाँदरले हल्लाएर कमजोर बनाएको गजुर गत वर्ष फागुनमा चलेको हुरीले भत्काएको थियो । अहिले स्वयम्भू व्यवस्थापन समिति, पुरातत्त्व विभाग लगायतको संलग्नतामा स्वयम्भू मन्दिरको शीरमा रहेको गजुरले पुनर्जीवन पाउँदैछ । 

यसअघि पुरातत्त्व विभागले स्वयम्भु महाचैत्य अगाडि रहेको प्रतापपुर मन्दिर भत्काएको थियो । २०७२ सालको भकम्पका कारण सो मन्दिरको विभिन्न भाग चर्किएर ठूलो क्षेति भई त्यबाट जोखिम बढेपछि सो मन्दिर भत्काएर पुनर्निर्माण सुरु गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया