मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

राइजिङ स्टार खुला टेनिसमा मनोज र विदुरको जोडीलाई डबल्स स्वर्ण

सोमबार, २९ जेठ २०८०, १९ : ४६
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । मनोज राणा र विदुर विष्टको जोडीले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा सोमबार स्वर्ण जितेका छन् ।

राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मनोज र विदुरको जोडीले अशोक कुमार र रामबहादुर तामाङको जोडीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा निहालजंग बहादुर थापाले विशांक सुवेदीलाई ६–० र ६–०, प्रदीप खड्काले विक्की सागोल्सेनलाई ७–६ र ६–०, राजवीर प्रधानले शंकर हेस्नेनलाई ६–१ र ६–१, आरभसम्राट हाडाले सुशल मोक्तानलाई ६–० र ६–०, आयुशमान हजुर घलेले नवीन श्रेष्ठलाई ६–२ र ६–३, साहिल थापाले विपुल अधिकारीलाई ६–० र ६–०, निशान श्रेष्ठले अर्याश शर्मालाई ६–० र ६–०, अभिनव आचार्यले निजेज महर्जनलाई ७–६ र ६–२, सक्षमविक्रम शाहले उगेन शेर्पालाई ६–२ र ६–१, अभिषेक बाँस्तोलाले ओजेज महर्जनलाई ६–० र ६–० तथा अकी जुवेन रावतले देबाशिश रेउलेलाई ६–१ र ६–० ले हराउदै दोश्रो चरणमा प्रवेश गरे ।

यु–१० गल्र्स सिंगल्समा सरा पन्तले प्रज्ञा वज्राचार्यलाई ६–० र ६–१, अनुश्री धोजुले थिअ श्रेष्ठलाई ६–० र ६–०, सर्वाना गुरुङले आयाना भद्रलाई ६–० र ६–० तथा जेनिशा ज्ञवालीले आयुश्री हजुर घलेलाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाए । यु–१२ गल्र्स सिंगल्समा सपना मल्लले सर्वाना गुरुङलाई ७–५ र ६–३ तथा आयुश्री हजुर घलेले यजु श्रेष्ठलाई ६–० र ६–१ ले पन्छ्याउदै क्वाटरफाइनलमा पुगे । यु–१२ ब्वाइज सिंगल्समा दर्शित अग्रवाल, सानोवाज हुसैन, सन्दिप जिसी, विश्वविशेष दल्लाकोटी, हभिस बन्सल, सुजन कुइकेल र साम्खाहाङ राई आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भए ।

यु–१४ गल्र्स सिंगल्समा समृद्धि महर्जनले दिव्यता भण्डारीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भइन् । सो स्पर्धाको ब्वाइजमा असभसम्राट हाडा, श्रृजन भट्टराई, दर्शिल श्रेष्ठ र काइ प्रजापति क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको यु–१६ गल्र्स सिंगल्समा शिभाली गुरुङ तथा दिव्यता भण्डारी क्वाटरफाइनलमा पुगे । उक्त स्पर्धाको ब्वाइजमा राजवीर प्रधान, निशाद जोशी, बोरिस अधिकारी, आयुशमान हजुर घले र दर्शिल श्रेष्ठले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाली टेनिसकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताअन्तर्गत भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा मनोज सेवा र अन्वर अली, कमल भण्डारी र यज्ञ भण्डारी, अनिल साइ र गोपी भट्टराई तथा जितेन्द्र परियार र महेश श्रेष्ठको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप