पत्रकार दासमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी
विराटनगर । मोरङ उर्लाबारीका पत्रकार पुजन दासलाई आक्रमण गर्ने चार जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ ।
दास उर्लाबारीबाट प्रकाशित पूर्वी कमाण्ड अनलाइनका समाचार प्रमुख हुन् । उनलाई रतुवामाई–१० का राजीव कार्की, राजेश कार्की, शिव कार्कीलगायतले आइतबार बिना कारण मरणासन्न हुने गरी आक्रमण गरी घाइते बनाएका थिए ।
उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा इलाका प्रहरी कार्यालय सिजुवामा जाहेरी दर्ता गरिएको उर्लाबारीका पत्रकार सरोज बस्नेतले बताए ।
कार्की मोटरसाइकल वर्कसपका सञ्चालकसमेत रहेका राजीव कार्कीको नेतृत्वमा आफूमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको पीडित पत्रकार दासले बताएका छन् ।
समाचार संकलन गरेर फर्किने क्रममा कृष्ण मोटरसाइकल वर्कसपमा मोटरसाइकल मर्मत गरिरहेको अवस्थामा आफूमाथि ५÷६ जनाको समूहले अन्धाधुन्ध आक्रमण गरेको उनको भनाइ छ । पत्रकार दासको आँखा र अनुहारमा चोट लागेको छ ।
घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाही गर्न प्रेस संगठन मोरङ, प्रेस सेन्टर पूर्वी मोरङ शाखा, सञ्चार क्लब नेपाल, नेकपा माओवादी केन्द्र रतुवामाई, अखिल (क्रान्तिकारी) मोरङलगायतले माग गरेका छन् ।
घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण